zoom meeting login app - zoom meeting login app join a zoom meeting online with meeting id - join a zoom meeting online with meeting id zoom app mic not working download zoom x64 zoom installer zoom login online free
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

फेसबुकले जुराएको बिहे भेट नहुँदै डिभोर्स !

 सोमवार, जेष्ठ ९ २०७९  

काठमाडौं । कोरोना भाइरस महामारीका कारण विश्वका धेरै मानिसहरुले आफ्नो दैनिकीलाई डिजिटलाइज्ड गर्न बाध्य छन् । पढाईदेखि लिएर जागिरसम्म अनि परिवारसँग भेटघाट देखि कार्यालयका बैठक सम्म सबै कुरा अनलाइनमै फत्ते भैरहेका छन् ।

महामारीको त्यहीँ लकडाउनकै बेला एक जोडीको प्रेमकथा तथा बिहे समाचारले निकै चर्चा पायो । अनलाइनमै प्रेम र भर्चुअलमै बिहे गरेको त्यो अनलाइन जोडी अहिले पुनः चर्चामा छ ।

बेलायती युवती आयसे र अमेरिकी युवक डेरिनको प्रेम र बिहेको कथा निकै रोमाञ्चक छ । महामारीको लकडाउनकै बेला उनीहरुको फेसबुक मार्फत् चिनाजानी भयो । सामान्य चिनाजानी प्रेम सम्बन्धमा बदलियो र उनीहरुले भिडियो कन्फ्रेन्सिङ प्लाटफर्म जूममार्फत् बिहे गरे ।

अनलाइनमै प्रेम बसेर अनलाइनमै बिहे गरेका आयसे र डेरिन बिहेपछि पनि विविध कारणले एक आपसमा भेटघाट गर्न पाएका थिएनन् । तर अनलाइनमै बिहे गरेको उक्त जोडीले भौतिक रुपमा भेट नहुँदै अन्ततः डिभोर्स गरेको छ ।

बेलायतको ल्यांकेस्टरकी बासिन्दा २६ वर्षकी आयसेलाई गतवर्षको पहिलो लकडाउनका बेला निकै दिक्क लागेको थियो । त्यहीँबेला एक्लोपना हटाउन र रमाइलोका लागि उनी साथी बनाउने खालका फेसबुक ग्रुपमा जोडिइन् । त्यहीँ फेसबुक ग्रुपमा उनको अमेरिकाको डेट्रोइडमा बस्ने डेरिनसँग चिनाजानी भयो । त्यसपछि डेरिन र आयसेबीच च्याटिङ र विस्तारै भिडियो कलमा कुराकानी हुन थाल्यो ।

ती दुईजनाबीच दैनिक भिडियो कलमा लामो कुराकानी हुन थाल्यो । विस्तारै उनीहरु एक अर्कालाई मन पराउन थाले । गत वर्षको मे महिनामा डेरिनले अन्ततः आयसीलाई प्रपोज गर्ने निर्णय गरे । भिडियो कलमा उनी घुँडा टेकेर आयसीलाई प्रेम प्रस्ताव राखे । आयसीले पनि प्रस्ताव स्वीकार गरिन् र उनीहरु प्रेम सम्बन्धमा गाँसिए ।

त्यसको केही दिनपछि उनीहरुले जूम कलमा आधिकारिक रुपमा बिहे गरे । गतवर्ष अगष्ट १९ मा आयसी र डेरिन बिहे पश्चात् औपचारिक रुपमा पति पत्नी बने । जूममा भएको विवाह समारोहमा भिडियो कलमा दुबैतर्फका परिवारजन, आफन्त तथा साथीहरु उपस्थित भएका थिए ।

जूम कलमा भएको उक्त बिहेले ठूलै चर्चा बटुल्यो । तर भर्चुअल्ली बिहे गरेका उनीहरु भौतिक रुपमा भने भेट गर्न पाएका थिएनन् । त्यो अनलाइन सम्बन्ध धेरै दिन टिक्न कहाँ सक्थ्यो र ? हालै आयसीले डेरेनसँग डिभोर्स गरेकी छिन् ।

आफूलाई डेरेनमाथि भरोसा नभएको र उनी अर्को महिलासँग सम्बन्धमा रहेको भन्दै आयसीले डिभोर्स मागेकी थिइन् । अन्ततः उनीहरुबीच औपचारिक रुपमै सम्बन्ध विच्छेद भएको हो । एजेन्सी

प्रतिक्रिया सबै