zoominfo extension zoom.us/download client for meetings zoom app marketplace teams - zoom app marketplace teams zoom download 2022 zoom app is not secure zoom network connection failed windows 10 zoominfo stock symbol
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

कांग्रेसले भन्यो- ‘स्थानीय निर्वाचनमा एमालेले धाँधली गर्‍यो’

 सोमवार, जेष्ठ ९ २०७९  

काठमाडौं । स्थानीय तह निर्वाचनमा सत्तारुढ दलहरुले राज्य शक्तिको प्रयोग गरेर धाँधली गरेको नेकपा एमालेले बताइरहेका बेला प्रमुख सत्तारुढ नेपाली कांग्रेसले एमालेमाथि नै त्यसको दोष लगाएको छ । कांग्रेसले सोमबार पत्रकार सम्मेलन गर्दै वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा प्रतिपक्षी नेकपा एमालेले धाँधली गरेको आरोप लगाएको हो ।

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सोमबार सानेपामा पत्रकार सम्मेलन गर्दै एमालेमाथि धाँधली आरोप लगाएका हुन् । कांग्रेसले २०१५ सालदेखि नै निष्पक्ष निर्वाचन गरिरहेको दाबी पनि उनले गरेका छन् ।

‘कांग्रेसले स्वतन्त्र र निष्पक्ष निर्वाचनमा सहयोग गर्दै आएको छ । बरु एमालेको कार्यकालमा २०५४ सालमा स्थानीय तह निर्वाचनमा व्यापक धाँधली भएको थियो । उनले भने, ‘त्यसबेला संसदीय समितिले पनि छानबिनको दायरामा ल्याएको थियो । भर्खरै मात्रै एमालेले धाँधली भयो भनेको छ। सरकारले आफ्नो प्रभाव प्रयोग गर्यो र हस्तक्षेप गर्यो भन्ने छ । तर एमालेले नै केही ठाउँमा धाँधली गरेको छ ।’

एमालेले बाजुराको बूढीगंगा र उदयपुरको त्रियूगामा वैशाख ३० गते निर्वाचनका क्रममा धाँधली गरेको उनले जिकिर गर्दैं भने, ‘बाजुराको बूढीगंगा नगरपालिकामा एमालेबाट व्यापक धाँधली भएको थियो । २, ३,५ र ९ नम्बर वडामा बुथ कब्जा गरियो’, उनले भने, ‘त्यसको नेतृत्वको एमालेकै केन्द्रीय नेताले गरेका छन्। उनको घर पनि त्यहीँ बूढीगंगामै रहेको छु ।!

‘धाँधली भएपछि निर्वाचन अधिकृत छाडेर हिँडेका थिए। तर उनलाई जवरजस्ती त्यहाँबाट फर्काइयो’, उनले भने, ‘एमालेबाट आफैंले मतपेटिका बोकेर जिल्ला पु¥याइयो । न त्यहाँ सुरक्षाकर्मी थिए न कर्मचारी नै’ बूढीगंगामा फेरि मतदान नभएको विषयमा पनि कांग्रेसले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । ‘अहिलेसम्म किन मतदान भएको छैन हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । बूढीगंगाका यी चार वडामा फेरि मतदान हुनुपर्छु’ उनले भने ।

प्रतिक्रिया सबै