free download zoom meeting app for windows zoom app url how ro download zoom zoom download windows 10 pro zoom meeting login singapore zoom download update - zoom download update
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

मनोज पाण्डेलाई थुनामा राख्न अदालतको अनुमति

 सोमवार, जेष्ठ ९ २०७९  

काठमाडौं । यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका मनोज पाण्डेलाई ५ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ ।

सुन्दरी प्रतियोगिताको आडमा आफूमाथि यौन दुर्व्यवहार भएको भन्दै यसअघि भिडियो सार्वजनिक गरेकी किशोरीले सोमबार जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अगाडि बढेको हो ।

उपत्यका अपराध महाशाखा प्रमुख एसएसपी वसन्त कुँवरले पहिलोपटक जिल्ला अदालतले ५ दिनको म्याद दिएको बताए । यसअघि आइतबार पनि एक नाबालिगले आफूमाथि पाण्डेले यौन दुर्व्यवहार गरेको भन्दै काठमाडौं परिसरमा जाहेरी दिएकी थिइन् ।

यसअघि भिडियो सार्वजनिक गर्ने किशोरीले भने मानव बेचबिखनको कसुरमा जाहेरी ल्याएको एसएसपी कुँवरले बताए ।

प्रतिक्रिया सबै