zoom data download zoom download desktop free do i have to download zoom to receive text invitation zoom pc app dark mode - zoom pc app dark mode otc download zoom
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

भरतपुरको मेयरमा रेनु दाहालको जित सुनिश्चित

 सोमवार, जेष्ठ ९ २०७९  

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा मेयर र उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका रेनु दाहाल र चित्रसेन अधिकारीको जित सुनिश्चित भएको छ ।

जम्मा ११ हजार १७३ मत गन्न बाँकी रहँदा गन्न बाँकी रहेको मतभन्दा पनि बढीको मतान्तर बनाएपछि दाहाल र अधिकारीको जित सुनिश्चित भएको हो । निर्वाचन कार्यालयका अनुसार हालसम्म मेयरमा रेनु दाहालको ४७ हजार ४० मत ल्याएकी छन् । त्यसैगरी मेयर पदका अर्का उम्मेदवार एमालेका विजय सुवेदीको ३५ हजार ५८३ र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलको १४ हजार २६३ मत छ ।

दाहाल र दोस्रो स्थानमा रहेका सुवेदीबीचको मतान्तर ११ हजार ४५७ छ । जुन अन्तर अब गन्न बाँकी मतभन्दा पनि धेरै हो । त्यसैगरी उपमेयर पदमा सत्तारुढ गठबन्धनबाट उम्मेदवार रहेका नेपाली कांग्रेसका चित्रसेन अधिकारी झनै फराकिलो मतान्तरले जित सुनिश्चित गरेका छन् । उपमेयरमा एमालेले समर्थन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०की उम्मेदवार हिमला गुरुङको २७ हजार ९२२ मत छ । अधिकारी र हिमलाबीच २० हजार ३६ मतको फराकिलो अन्तर कायम भएको छ ।

भरतपुर महानगरपालिकामा कुल मतदाता एक लाख ८५ हजार रहेकोमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । हालसम्म एक लाख १६ हजार ६६६ मत गणना भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । भरतपुरमा अब दुई वडाको मत गणना हुन बाँकी छ ।

प्रतिक्रिया सबै