फोहोर उठाउन मन्त्री झाँक्री आफै सडकमा
मङ्लबार, जेष्ठ १० २०७९
काठमाडौं । काठमाडौंको सडकमा थुप्रिएको फोहोर उठाउन शहरी विकासमन्त्री रामकुमारी झाँक्री आफै निस्किएका छन् । काठमाडौंमा सोमबार साँझबाट काठमाडौँ उपत्यकाको फोहोर उठाउन थालिएको हो । मन्त्री झाँक्रि सोमबार राती काठमाडौंको बालाजु, बानेश्वर, रातो पुललगायतका क्षेत्रमा पुगेकी हुन् ।
मन्त्री झाँक्रीले आफै काठमाडौँका विभिन्न क्षेत्रमा पुगेर फोहोर उठाउन आवश्यक निर्देशन पनि दिएकी छन् । त्यहाँका स्थानीयसँग पनि उनले फोहोर व्यवस्थित स्थानमा राख्न भनेकी थिइन् । त्यसपछि काठमाडौँका सबैजसो स्थानबाट फोहोर बोकेका गाडीहरू धमाधम बन्चरेडाँडातर्फ गएका थिए ।
गृह मन्त्रालय, सबै सुरक्षा निकायका प्रतिनिधि, काठमाडौँ महानगरका प्रतिनिधिहरूको संयुक्त बैठकले फोहोर उठाउनेबारे सहमति गरेको थियो ।
प्रतिक्रिया
सबै