can't download zoom zoom call app zoom version download zoom client meeting download zoom browser download
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

जनताले अपेक्षा गरेका अधुरा कामहरु पुरा गर्नेछु : रेनु

 मङ्लबार, जेष्ठ १० २०७९  

काठमाडौं । भरतपुर महानगरपालिकाकाका नवनिर्वाचित मेयर रेनु दाहालले विगतका अधुरा कामहरु र जनताले गरेका अपेक्षा पुरा गर्नका लागि लागिपर्ने बताएकी छन् ।

आफूलाई विजयी गराउने भरतपुरका सबै मतदाताप्रति धन्यवाद प्रकट गर्दै उनले जनउत्तरदायी भएर काम गर्ने प्रतिबद्धता जनाएकी छन् । उनले भरतपुरलाई नमुना सहर बनाउने सङ्कल्पलाई पुरा गरिछाड्ने दृढता पनि जनाइन् ।
उनले आउने दिनमा कहीँकतै आफ्नो ठाउँबाट सक्रियता र योगदानमा कमी हुन नदिने भन्दै उनले बरु अनुभव प्राप्त भएकाले यहाँका आवश्यकता र प्राथमिकता पहिचान गरेर अघि बढिने बताइन् ।

मेयरका रुपमा आफ्नो अन्तिम कार्यकाल हुने भन्दै उनले यसलाई एक सेकेन्ड पनि खेर नफालीकन जनतालाई निराश हुन नदिने सो क्रममा बताइन् ।

यस्तै उनले आफ्नो अनुमान ३ देखि अधिकतम ७ हजारसम्मको मतान्तरसहित विजयी हुने भएपनि त्यो भन्दा बढी मतान्तरसहित विजयी हुनु भनेको जनताको माया र विश्वासको कारण भएको बताइन । आफूलाई विजयी गराउने भरतपुरका सबै मतदाताप्रति धन्यवाद प्रकट गर्दै भनिन्, ‘दोस्रो कार्यकालका लागि चुनावी मैदानमा होमिँदा आम मतदाताको साथ। सहयोग, माया र हौसला पाएँ । यो परिणामले पनि देखायो’, उनले भनिन्, ‘हाम्रो पहिलो कार्यकालको कामको मूल्यांकन गर्दै सोचेको भन्दा राम्रो नतिजा प्राप्त गरेका छौँ ।’

प्रतिक्रिया सबै