zoom download m1 chip free download zoom.com best zoom app for windows 10 zoom uploader download zoom update download for pc
२२ मंसिर २०७९, बिहीबार Thursday 8 December, 2022

पोखरा प्रमुखमा एकीकृत समाजवादीका आचार्य विजयी, उपप्रमुखमा एमालेकी गुरुङ

 बुधबार, जेष्ठ ११ २०७९  

काठमाडौँ ।  पोखरा महानगरपालिका प्रमुखमा नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य विजयी भएका छन् ।

निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का कृष्ण थापालई ६ हजार ४५ मतान्तरले पराजित गर्दै आचार्य प्रमुखमा निर्वाचित भएका हुन् । आचार्यले ५८ हजार ८९३ मत प्राप्त गर्दा थापाले ५२ हजार ८४८ मत पाए । एकीकृत समाजवादीका आचार्यलाई गठबन्धनले साझा उमेदवार बनाएको थियो ।

उपप्रमुखमा भने नेकपा (एमाले)की मञ्जुदेवी गुरुङ विजयी भएकी छन् । उनी ६० हजार ५४६ मतसहित निर्वाचित भएकी हुन् । उनकी निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसकी कोपिला रानाभाटले ५६ हजार ६६३ मत प्राप्त गरिन् । रानाभाट गुरुङभन्दा ३ हजार ८८३ मत पछि परिन् ।

प्रतिक्रिया सबै