app like zoom zoom instructions for joining a meeting zoom.us / download zoom installation gratuite - zoom installation gratuite zoom cloud meeting app download for windows 10
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

अवैध लागूऔषध सहित विभिन्न ठाँउबाट पक्राउ

 बुधबार, जेष्ठ ११ २०७९  

काठमाडौं । सर्लाही, ब्रहमपुरी गाउँपालिका-४ झिलपुल जाने बाटोबाट लागूऔषध नाईट्राजेपाम १ हजार २ सय १५ ट्याब्लेट सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बागमती नगरपालिका-११ मा बस्ने २१ वर्षीय रोहित वोट र सोही ठाउँ बस्ने २० वर्षीय रोशन शर्मा रहेका छन् ।

बारा, कलैया-१० मटिअर्वा पुरानो चौकबाट नियन्त्रित लागूऔषध फेनारगन ४ सय एम्पुल, डाईजेपाम ४ सय एम्पुल र नुर्फिन ४ सय एम्पुल सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका—१ भवानिपुर बस्ने ४२ वर्षीय निर्वान मियाँ र ओसी अहमद रहेका छन् ।

कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट करिब ५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित गोदावरी नगरपालिका-५ मा बस्ने १८ वर्षीय किशोरलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट उनलाई उक्त पदार्थ सहित फेला पारेको हो ।

धनकुटा, साँगुरीगढी गाउँपालिका-६ बाट करिब ७ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सजित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । धनकुटा नगरपालिका-१ बस्ने १८ वर्षीय किशोर र सोही नगरपालिका-३ बस्ने २२ वर्षीय मिसेक राई रहेका छन् । धरानतर्फ जाँदै गरेको को बसलाई प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

कञ्चनपुर, बेलौरी नगरपालिका-८ बाट करिब १० ग्राम ७२ मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित बेलौरी नगरपालिका-८ कलकत्ता बस्ने २३ वर्षीय दिनेश चौधरी समेत ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।  बेलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला  पारेको हो । साथै उनीहरूले प्रयोग गरेको मोटरसाइकल र एक साइकल समेत प्रहरीले बरामद गरेको छ ।

प्रतिक्रिया सबै