zoom zoom music download download zoom for windows 10 free zoom free download for pc windows 10 zoom meet app download for pc zoom version download drag zoom pro extension free download
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

सलमान खान नेपाल नआउने

 बुधबार, जेष्ठ ११ २०७९  

काठमाडौं । बलिउड अभिनेता अलमान खान नेपाल आउने भनिएपनि अन्तिम समयमा आएर उनको आवागमन रोकिएको छ । ओडिसी र वलिकल्ब ग्रुप नेपाल च्यापटरको आयोजना र हिटा ग्रुपको पार्टनरशिपमा जेठ १४ गते काठमाडौ‌मा हुने भनिएको ‘दबङ्ग द टुर रिलोडेड’ कार्यक्रममा सलमान खान नआउने भएका हुन् । सलमान खान नआउने भएसँगै कार्यक्रम रद्द भएको छ ।

ओडिसी इन्टरटेनमेन्टले मंगलबार जारी गरेको विज्ञप्तिमा जेठ १५ गतेको बजेटले गर्दा केन्द्रीय सरकारको व्यस्तता निकै बढेको तथा स्थानीय तह चुनावका कारण टिकट बिक्रीमा प्रभाव परेको र वर्षाका कारणसमेत देखाउँदै हाललाई कार्यक्रम स्थगित गरिएको उल्लेख गरिएको छ ।

सो कार्यक्रममा सलमान खानसहित आउने स्वदेशी र विदेशी कलाकारहरू मध्ये चर्चित भारतीय नायिका ज्याकलिन फर्नाडिज माथि लागेको एक मुद्दाको क्रममै भारत सरकारले देश छोड्न प्रतिबन्ध लगाएको सन्दर्भमा उनले नेपालको इभेन्टमा आउनलाई अदालतमा दिएको निवेदनमाथि सकारात्मक निर्णय नआएको पनि आयोजकको भनाइ छ ।

 

प्रतिक्रिया सबै