download zoom app please zoom app download free pc chip zoom version download india zoom app zoom filter download
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

दाङमा गठबन्धनलाई हराउँदै मेयर उपमेयर दुवैमा एमाले विजयी

 बुधबार, जेष्ठ ११ २०७९  

काठमाडौं । दाङको तुलसीपुर उपमहानगरपालिकामा सत्ता गठबन्धनलाई हराउँदै मेयर उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ ।

एमालेबाट नगरप्रमुखका उम्मेदवार टीकाराम खड्का र उपप्रमुखकी उम्मेदवार स्यानी चौधरी भारी मतका साथ विजयी भएका हुन् । एमालेका खड्काले नेपाली कांग्रेसका गेहेन्द्र गिरीलाई ३ हजार ६९१ मतअन्तरले पराजित गर्दै विजयी भएका छन् । खड्काले ३१ हजार ४०८ मत प्राप्त गरे भने गिरीले २७ हजार ७१७ मत प्राप्त गरेका छन् ।

गठबन्धनबाट उम्मेदवार बनेका गिरी अघिल्लो चुनावमा पनि एमालेका घनश्याम पाण्डेसँग पराजित भएका थिए । गिरी पूर्व सांसद समेत हुन् । यस्तै उपप्रमुखमा चौधरीले गठबन्धनबाट एकीकृत समाजवादीका जोगबहादुर रानालाई ९ हजार ५३२ मतअन्तरले पराजित गरिन् । चौधरीले ३० हजार ५९७ मत प्राप्त गर्दा रानाले २१ हजार ६५ मत प्राप्त गरेका छन् ।

तुलसीपुरमा १९ वटा वडामध्ये १० वटा एमाले, ५ वटा कांग्रेस, ३ वटा माओवादी र स्वतन्त्रबाट एकजनाले जितेका छन् । तुलसीपुरमा ७३ हजार मत खसेको थियो ।

प्रतिक्रिया सबै