download zoom us zoom free download for windows 10 pro 64 bit download zoom desktop version zoom beta download install zoom meeting for windows 10 - install zoom meeting for windows 10 zoom us join meeting call in meeting download and install zoom free - download and install zoom free
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

एमाले हारेको छैन, तर अन्तरघात भयो – ओली

 बुधबार, जेष्ठ ११ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनावमा पार्टीभित्रै लाजमर्दो अन्तरघात भएको बताएका छन् ।

बानेश्वरमा जारी संसदीय दलको बैठकमा ओलीले अरु दलमा नदेखिएको अन्तरघात पार्टीभित्र देखिएको बताएका छन् । ‘कांग्रेसमा छैन, माओवादीमा छैन । तर लाजैमर्दो भयो हाम्रोमा’, अध्यक्ष ओलीले भनेका थिए ।

ओलीले एमाले नहारेको पनि बताएका छन् । चुनावी नतिजाबारे ब्रिफिङ गर्दै ओलीले पपुलर मत नघटेकाले हारेको भन्न नमिल्ने बताएका छन् । ‘अलिकति हो सिट घटेको, पपुलर मत घटेको छैन । यसलाई हारेको भन्न मिल्दैन’, अध्यक्ष ओलीको भनाइ उदृत गर्दै एक सांसदले भने ।

एमालेले मेयर भन्दा उपमेयर धेरै जितेको नतिजा प्रस्तुत गर्दै अध्यक्ष ओलीले उपमेयर पनि मेयर बराबर नै भएको बताएका छन् ।

तर सत्ता गठबन्धनमा पाँचबाट बढेर सात दल पुगेको अध्यक्ष ओलीले बताएका थिए । त्यसका निम्ति आफ्नै गृहनगर दमकको उदाहरण उनले दिए । दमकमा एमालेविरुद्ध सत्तारुढ पाँच दलले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपासँग चुनावी सहकार्य गरेका थिए ।

 

प्रतिक्रिया सबै