zoom account login uk zoom download for windows 10 32 bit zoom login download pc zoom meeting login with id number how safe is zoom app
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

कुर्सी सम्हालेको भोलिपल्टै मेयर हर्क खानेपानीको मुहानमा

 बिहिबार, जेष्ठ १२ २०७९  

काठमाडौं । धरान उपमहानगरपालिकाका नव निर्वाचित मेयर हर्क साम्पाङ कुर्सी सम्हालेको भोलिपल्टै खानेपानी संकट समाधानका लागि खटिएका छन् । मेयरको कुर्सी सम्हालेको भोलिपल्टै हर्क धरानमा देखिएको खानेपानी संकट समाधानका लागि खटिएका हुन् ।

लोकप्रिय मतसहित विजयी भएका हर्क साम्पाङ (हर्कराज राई) धरानको खानेपानी समस्या समाधानको खोजीमा लागेका हुन् ।

हर्क बुधबार दिउँसो धरानमा वितरण गरिने सर्दु जलाधार क्षेत्रस्थित खानेपानीको मुहान अवलोकनमा पुगेका थिए । निजी मोटरसाइकल चढेर केही सहयोगीसहित मुहानमा पुगेका उनले त्यहाँ भएका कमजोरी सच्याउने र फोहोर गर्न नदिन निर्देशन पनि दिएका छन् ।

हर्कले सर्दु जलाधारको मुहान पुग्दा पाइप फुटेर पानी खोलामै बगेर गइरहेको पाइएपछि तत्कालै मर्मत गरी धरानमा पठाउन निर्देशन दिएका हुन् ।

हर्कले आज धरान पुछारको जंगल क्षेत्रस्थित सेउती खोलाको पानी पनि अवलोकन गर्ने भएका छन् । हर्कले आफ्नो कार्यकालमा धरानमा पानीको समस्या हटाउने वाचा गरेका छन् । धरामा खानेपानी समस्या समाधान गर्ने प्रमुख एजेन्डा उठाएरै उनले चुनाव जितेका हुन् ।

प्रतिक्रिया सबै