zoom installer full.msi parameters install zoom client download download the free zoom app download zoom free app zoom app uk zoominfo login page
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

निर्वाचन स्वच्छ, धाँधलीरहित हुन सकेन : ओली (भिडियो)

 बिहिबार, जेष्ठ १२ २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बैशाख ३० गतेको स्थानीय तह निर्वाचन स्वच्छ, धाँधलीरहित हुन नसकेको बताएका छन् । सरकारले सार्वजनीक गरेको नीति तथा कार्यक्रमको छलफलमा बिहीबार सहभागि बन्दै अध्यक्ष ओलीले ‘निर्वाचन स्वच्छ र धाँधलीरहित’ हुन नसकेको बताएका हुन् ।

‘सत्ता पक्षले बुथ कब्जा गरेका ठाउँमा प्रहरी निरीह भएर बसेको छ’, ओलीले भने, ‘बुथ कब्जा नगरभन्दा प्रतिपक्षीका कार्यकर्ता कुटिएका छन् । निर्वाचन भएको १४ दिन भयो । १४ दिनपछि किन परिणाम आइरहेको छैन ? किन आएको छैन, निर्वाचन स्वच्छ, धाँधलीरहित हुन सकेन ।’

अध्यक्ष ओलीले सत्तापक्षले बुथ कब्जा गरेको ठाउँमा प्रहरी मुकदर्शक बनेर बसेको समेत बताए । ‘उम्मेदवारको घरमा बम पड्काइयो। शान्तिपूर्ण भयो सबैतिर ? घर पुरानो भएर भत्किएको हो ?, ओलीले प्रश्न गरे । ‘बमलाई अपजस लगाएर भत्किएको हो ? कि बम आफैं आएर घर भत्कियो ?’

यस्तै ओलीले सरकारले अर्थ न वर्थको नीति तथा कार्यक्रकम ल्याएको बताए । ओलीले यो कार्यक्रम अस्थिरताको घोषणा पत्र मात्रै भएको बताएका हुन् । ‘भनाई नै छ, अर्थ न वर्थ गोविन्द गाई, यो कार्यक्रम ठ्याक्कै त्यस्तै छ । बुँदा नं ११०,१३१,१६१,१६२ का कार्यक्रम अर्थहिन र निरर्थक अभिव्यक्ति हुन्,’ ओलीले भने, ‘बुँदा नं ७३, ७७ हेरिसकेपछि अरु हेर्नुपर्दैन । बुँदा नं १३६ ले भ्रष्टाचारलाई झन संस्थागत गरेको छ ।’ यो कार्यक्रम शब्द जालको पुलिन्दा मात्र भएको ओलीको आरोप छ ।

ओलीले सत्ता पक्षले प्रतिपक्षलाई सिध्याउन राज्य संयन्त्रको दुरुपयोग गरेको आरोप लगाएका छन् । ओलीले सत्ता पक्षले प्रतिपक्षलाई राज्य संयन्त्रलाई दुरुपयोग गरेर पेल्ने काम गरेको आरोप लगाए ।

ओलीले चुनावमा जित र पराजित स्वाभाविक कुरा भएपनि सत्ता पक्षले एमालेलाई सिध्याउँछु भनेरै लागेको आरोप लगाए । उनले भने, ‘सत्ता पक्षले यस पार्टीलाई सिध्याउँछु भन्छ, सिध्याउँछु भन्ने हक कहाँबाट आयो ? चुनावमा जित–पराजय एउटा कुरा हो, पराजय भोगाउँछौँ, हामी जित्छौँ भन्न सकिन्छ तर सिध्याउँछौँ समाप्त पारिदिन्छौँ, धूलो चटाइदिन्छौँ, गायब पारिदिन्छौँ, टर्च बालेर खोज्न पर्छ भन्ने । टर्च बालेर नि भेटिँदैन होला होइन र ।’

उनले एमाले सशक्त प्रतिपक्ष भएको र छिट्टै सरकारमा आउन सक्ने दावी गरे । ओलीले भने– ‘अपोजिसनलाई जहिले पनि गभर्नमेन्ट इन वेटिङ भनिन्छ । एमाले सैद्धान्तिक तवरमा मात्रै गभर्नमेन्ट इन वेटिङ होइन, नेकपा एमाले इन द रियल सेन्स गभर्नमेन्ट इन वेटिङ हो ।’

अनेक हिसाबले षड्यन्त्रस्वरूप यसलाई बाहिर राखिएको भन्दै उनले एमाले लोकतन्त्रको समुद्रमा पौडी खेल्न जान्ने पार्टी भएरको र पौडी खेलेर आएको बताउँदै भने– ‘अनेक दाउपेचबाट होइन, एमाले पौडी खेलेरै यहाँसम्म आएको हो ।’

प्रतिपक्षलाई संवादहीनताको अवस्थामा राखेर पेल्ने काम गरिएको उनको भनाइ छ । ओलीले भने– ‘विभिन्न अन्तर्राष्ट्रिय सन्धि सम्झौता गर्दा प्रतिपक्षसँग छलफल गरिएको छैन । प्रतिपक्षलाई संवादहीनताको अवस्थामा राखेर पेल्ने काम गरिएको छ ।’

भिडियो

प्रतिक्रिया सबै