zoom version 4.3 download zoom online classes download zoom pc download windows 8 how do i delete zoom app java zoom api jar file download tải zoom học trực tuyến pc - tải zoom học trực tuyến pc
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

मदिरा सेवनबाट १३ जनाको मृत्यु

 बिहिबार, जेष्ठ १२ २०७९  

काठमाडौं । भारतमा मदिरा सेवनबाट १३ जनाको मृत्यु भएको छ । भारतको पूर्वी राज्य बिहारमा नक्कली मदिरा सेवनका कारण विगत पाँच दिनमा १३ जनाको मृत्यु भएको हो ।

स्थानीय सञ्चारमाध्यमले बिहीबार जनाए अनुसार उक्त घटना दक्षिण बिहारको औरङ्गाबाद र गया जिल्लामा भएको हो । बिहार राज्यका मुख्यमन्त्री नितिश कुमारले रक्सीको बिक्री र उपभोगमा प्रतिबन्ध लगाएपछि विगत धेरै वर्षदेखि ‘सुक्खा राज्य’ को रूपमा चर्चा गरिने गरिएको छ । तर, छिमेकी राज्यबाट खरिद गरी बिहारमा गोप्य रूपमा बिक्री गर्ने मदिरा माफियाको संलग्नता रहेको अवैध मदिराको कारोबार राज्यमा भइरहेको छ । मदनपुर र सलैया प्रहरी चौकीका प्रहरीले फोनमा घटनाको अनुसन्धान भइरहेको बताए पनि अहिलेसम्म मृत्यु हुनेको एक्किन संख्या भने बताउन अस्वीकार गरेका छन् ।

धेरै जसो पीडितहरूले बान्ता हुने, पेट दुख्ने र कम दृश्यताको अनुभव गरेको बताइएको छ । ‘छिमेकी राज्य झारखण्डबाट ल्याइएको मदिरा मदनपुर, सलैया र गया जिल्लाको आमस क्षेत्रमा विक्री गरिएको’ जी न्युजले उल्लेख गरेको छ । यसैबीच भारतको राष्ट्रिय मानव अधिकार आयोगले बिहारमा भएको सो घटनाबारे सरकारलाई नोटिस पठाएको छ ।

प्रतिक्रिया सबै