तीन जना मृत भेटिए
बिहिबार, जेष्ठ १२ २०७९
काठमाडौं । छुट्टा छुट्टै स्थानमा तीन जना मृत भेटिएका छन् । पाल्पा, तिनाउ गाउँपालिका—१ ओखलढुङ्गा बस्ने ८१ वर्षीय लिला बहादुर पुन सोही ठाउँस्थित चिहानकोल भिरमा बुधबार मृत अवस्थामा भेटिएका हुन् ।
घरबाट आफूखुसी हिँडी विगत ५ दिनदेखि हराइ रहेका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको प्रहरीले जनाएको छ ।
यस्तै, चितवन, भरतपुर महानगरपालिका—११ केबी लाईनस्थित धादिङ गजुरी
गाउँपालिका—२ च्याङ्वास घर भएका ५१ वर्षीय राज कुमार पाण्डे बुधबार मृत अवस्थामा फेला परेका हुन् ।
त्यस्तै, सुनसरी, धरान उपमहानगरपालिका—५ सुन्दरबस्तीस्थित सेउती खोलाको बगरमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
सबै