१५ मंसिर २०८०, शुक्रबार Friday 1 December, 2023

ओलीको आरोप : सरकारले आयल निगम खारेज गर्न लाग्यो

 बिहिबार, जेष्ठ १२ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले नेपाल आयल निगम खारेज गर्न लागेको आरोप लगाएका छन् । उनले नीति तथा कार्यक्रम मार्फत सरकारले नीजि क्षेत्रलाई पेट्रोलियम पदार्थको कारोबार गर्ने इजाजत दिन लागेको बताएका हुन् ।

नीति तथा कार्यक्रममा प्रतिस्पर्धी वस्तु तथा सेवा उत्पादन र वितरण गर्न सक्षम भएको नीजि क्षेत्र एवंम वित्तीय रुपमा बोझिला सार्वजनिक संस्थानको व्यवस्थापन सुधार गर्ने, एक आपसमा गाभ्ने वा खारेज गर्ने उल्लेख रहेको छ ।

ओलीले उक्त बुँदाको अर्थ आयल निगम खारले गरी निजी क्षेत्रलाई दिने तयारीको रुपमा लिएका छन् । पेट्रोलियम पदार्थ जस्तो कारोबारको कुरा गम्भीरतापूर्वक नसोची त्यसका पक्ष विपक्ष विचार नगरी कति प्रतिशत राज्यले राख्ने कति दिने भन्ने विचार नगरी सम्पूर्ण कारोबारको जिम्मा नीजि क्षेत्रलाई हस्तान्तरण गर्ने नीति लिएको आरोप लगाए ।

आयल निगम खारेज गरेर नीजि क्षेत्रलाई दिन अर्बौंको कारोबार भएको दाबी गरेका छन् । ‘म प्रधानमन्त्री हुँदा नै भित्रभित्रै झुक्याएर आयल निगम खारेज गर्ने नीति लिएको रहेछ,’ उनले भने,‘त्यो थाहा पाएपछि रोकिदिएको हो । त्यो षड्यन्त्र मरिसकेको छैन। अहिले पनि जारी छ ।’

उनले आयल निगमलाई ध्वस्त बनाउने नीति क्षेत्रलाई पेट्रोलियम पदार्थ कारोबारको जिम्मा दिने चलखेल गरी मोटो रकम बुझ्ने काम भैसकेको बजार हल्ला रहेको बताए । नीजि क्षेत्रलाई पेट्रोलियम पदार्थको कारोबार गर्न दिएर २ दिन बन्द हडताल गरिदियो भने के हुन्छ भन्ने प्रश्न गरेका छन् ।

प्रतिक्रिया सबै