zoom download to computer install zoom app zoom it download free download attendance zoom zoom download for windows 10 64 bit install zoom on windows 11 www.zoom meeting download
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

संसदमा झलनाथले भने- धेरै ‘बालेन’हरु जन्मिए राजनीतिक दलहरूको अस्तित्व समाप्त हुनेछन् !’

 बिहिबार, जेष्ठ १२ २०७९  

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले संविधानले मार्गदर्शन गरेबमोजिम राजनीतिक दलहरु अगाडि नबढे धेरै ‘बालेन’हरु जन्मिने बताएका छन् ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा जारी प्रतिनिधिसभा बैठकमा नेता खनालले ‘बालेन’ हरु जन्मिए राजनीतिक दलहरूको अस्तित्व र उपादेयिता पनि समाप्त हुने बताएका हुन् ।

संविधानबमोजिम अगाडि बढ्न नसके इतिहासमा पछाडि छोडिँदै जाने पनि जिकिर गर्दे उनले भने, ‘संविधानले मार्गदर्शन गरेबमोजिम अगाडि बढ्नु अनिवार्य छ,’ खनालले भने, ‘यदी त्यो ढंगले अगाडि बढ्न सकेनौँ भने हामी इतिहासमा पछाडि छोडिँदै जान्छौँ।’

‘र, धेरै बालेनहरु अनि जन्मिने छन्। बालेनहरुले राज्य गर्ने छन्,’ खनालले भने, ‘पोलिटिकल पार्टीको अस्तित्व र उपादेयिता समाप्त हुँदै जानेछ।’

 

प्रतिक्रिया सबै