zoom technologies download zoom recording audio not working windows 10 join a zoom meeting with id and password - join a zoom meeting with id and password zoom meeting login join - zoom meeting login join zoom computer app download zoom pc download windows 10 - zoom pc download windows 10 zoom error code 1132 on windows - zoom error code 1132 on windows
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

नेप्से परिसूचक आज पनि वृद्धि

 बिहिबार, जेष्ठ १२ २०७९  

काठमाडौं । सेयरबजार मापक सूचक नेप्से परिसूचक बिहीवार पनि वृद्धि भएको छ।

पछिल्लो तीन दिनदेखि नेप्से परिसूचक निरन्तर रुपमा वृद्धि हुँदै आएको छ। बिहीबार नेप्से परिसूचक ८.०३ अंक अर्थात् ०.३६ प्रतिशत बढेर २२३९.६० विन्दुमा पुगेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३९ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.७१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५६ अंकले बढेको छ।

बिहीवार कारोबारमा आएका २२२ कम्पनीको २३ लाख २४ हजार कित्ता सेयर ८८ करोड ९८ लाख ३४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से सामान्य अंक बढे पनि बिहीवार कारोबार रकम भने न्यून भएको छ। अघिल्लो कारोबार दिन १ अर्बभन्दा बढीको सेयर खरिदबिक्री भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक गिरावट आएको छ भने बाँकी ८ उपसमूहको परिसूचक वृद्धि भएको छ। जसमध्ये बैंकिङ उपसमूह सबै भन्दा बढी ०.९८ प्रतिशतले बढेको छ । अन्य उपसमूहको परिसूचक सर्वाधिक ०.८६ प्रतिशत घटेको छ ।

बिहीवारको कारोबारमा मेगा बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, नारायणी डेभलमेण्ट बैंकको ६.२० प्रतिशत बढेको छ।

तर यता, गुराँस लघुवित्तको सेयरमूल्य सर्वाधिक ५.४७ प्रतिशत घटेको छ । सिंगटी हाइड्रो इनर्जी र माउण्टेन इनर्जीको सेयरमूल्य साढे ३ प्रतिशतभन्दा बढी घटेको छ । कारोबार रकमका आधारमा ५ करोड ४२ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर मेगा बैंक शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया सबै