responsive cloud zoom free download zoom default download folder zoom mustache filter download zoom cloud meeting app why is my zoom audio not working on my laptop - why is my zoom audio not working on my laptop
२२ मंसिर २०७९, बिहीबार Thursday 8 December, 2022

सर्वोच्चले उल्ट्यायो पूर्वडीआईजी ररञ्जन कोइरालाको फैसला, अब साढे ११ वर्ष जेल बस्नुपर्ने

 बिहिबार, जेष्ठ १२ २०७९  

काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरीका तत्कालीन डिआइजी रञ्जन कोइरालाको मुद्दामा आफ्नै फैसला उल्टाएको छ । दुई वर्षअघि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेज बहादुर केसीको इजलासमा घटाएको रञ्जनको सजाय सर्वोच्चको पूर्ण इजलासले उल्टाएको हो ।

पूर्ण इजलासको यो फैसलापछि कारागारबाट रिहा भएका कोइराला अब करिब साढे ११ वर्ष कैद बस्नुपर्नेछ । उनी अहिलेसम्म साढे ८ वर्षमात्र कैद बसेका छन् ।

पत्नी गीता ढकालको हत्यामा संलग्न रही प्रमाणसमेत नष्ट गर्ने प्रयत्न गरेका कोइरालालाई तत्कालीन अपराध महाशाखाको प्रहरीले पक्राउ गरी अदालतमा मुद्दा दायर गरेको थियो । अदालतले हत्या ठहर गर्दै कोइरालालाई २० वर्ष जेल सजायको फैसला सुनाएको थियो । त्यसविरुद्ध उच्च अदालत पुगेका कोइरालालाई उच्च अदालतले पनि २० वर्ष नै जेल सजाय गर्ने ठहर गरेको थियो ।

त्यसपछि सजाय धेरै भएको भन्दै सर्वोच्च अदालतमा निवेदन दिएका कोइरालालाई निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेज बहादुर केसीको संयुक्त इजलासले सजाय बढी हुने भन्दै ८ वर्ष ६ महिना मात्रै कैद सजाय गर्ने फैसला गरेका थिए । सो फैसला लगत्तै कोइराला कारागार कार्यालय डिल्लीबजारबाट रिहा भएका थिए ।

प्रतिक्रिया सबै