zoom download chip zoom installation failed 10003 zoom subtitles download zoom app contact number download blur effect for zoom
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

विकासमा सर्वोच्चले अर्को बन्चरो प्रहार गरेछ, लज्जित छु : बाबुराम

 शुक्रबार, जेष्ठ १३ २०७९  

काठमाडौं। पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सर्वोच्च अदालतले विकासका काममा बन्चरो प्रहार गरेको टिप्पणी गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद अध्यक्षसमेत रहेका भट्टराईले निजगढ विमानस्थल निर्माण रोक्न अदालतले दिएको आदेशप्रति आपत्ति जनाएका हुन् । देशको महत्वपूर्ण परियोजना रोक्न अदालतले आदेश दिँदा आफू लज्जित भएको उनको भनाइ छ ।

‘मैले राष्ट्रिय गौरवका परियोजना घोषणा गर्दा काठमाडौं–तराई फास्टट्रयाक र निजगढ विमानस्थललाई संयुक्त १ नम्बर र बुढीगण्डकी जलासययुक्त विद्युत परियोजनालाई २ नम्बर महत्वको भनेको थिएँ’, उनले ट्वीटरमा भनेका छन्, ‘अहिलेसम्म यी सबै रोकिँदा देश किन बनिरहेको छैन भनेर बुझ्दैछु। फेरि सर्वोच्चले अर्को बन्चरो प्रहार गरेछ, लज्जित छु।’

 

प्रतिक्रिया सबै