download zoom webinars getting the zoom app install zoom for all users windows zoom desktop version download zoom system requirements for pc cosmic zoom download why do pcr tests take so long
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

महीनावारी हुँदाध्यान दिनैपर्ने कुराहरु

 शुक्रबार, जेष्ठ १३ २०७९  

काठमाडौं । सबैलाई थाहा छ, महीनावारी एक प्राकृतिक कुरा हो । सबैलाई लाग्छ, यो सामान्य कुरा हो । तर, हरेक महिलाको हकमा यस्तो हुँदैन । कतिपयको लागि त अत्यन्तै पीडादायी अवस्था हो ।

मासिक चक्रको अवधि सामान्यतः २८–३० दिनको हुन्छ । अतः हरेक महिनाजसो महिलाहरुले यस्तै पीडा र बेचैनीबाट गुज्रनुपर्छ ।

महीनावारी कार्यलयमा हुन सक्छ, बाटोमा हुनसक्छ, कारखानामा हुनसक्छ, विद्यालयमा हुनसक्छ । जहाँ पनि । महीलाहरु त्यो पीडालाई आफैभित्र लुकाएर बस्न बाध्य हुन्छन् । त्यतिबेला महीलाहरु उदास, बेचैन र दुःखी हुन्छन् । तर, महीलाहरुलाई बुझ्ने पो कसले ?

मासिक श्राव किन पीडादायी हुन्छ ?

पाठेघरमा मासुको डल्ला पलाउने, सिस्ट पलाउने, रगत राम्ररी बाहिर नबग्ने जस्ता समस्यामा महीनावारी कष्टकर हुन्छ । पाठेघरको अण्डाशयमा त्यस्तै भित्री भागमा जम्ने, पाठेघरको मुखमा समस्या भएर रगत बग्न सक्दैन जसले जुन रगत भित्रै बस्छ यसले गर्दा पनि पीडा हुन्छ ।

पीडा सबै महिलालाई उस्तै हुँदैन । हरेक महिलाको पीडा प्रकार फरक हुन्छ । कुनै महिलाको पाठेघरको भित्री मुख जसबाट रक्तश्राव हुने गर्दछ, त्यो एकदमै कसिएको हुन्छ । यस्तो अवस्थामा पनि महीनावारी निकै कठिन हुन्छ ।

महीनावारी चक्रमा ८० देखि १ सय एम एल सम्मको रगत बग्नुलाई सामन्य मानिन्छ । दिनमा दुईदेखि तीन वटासम्म प्याड भिज्नु राम्रो हुन्छ । तर सात दिनभन्दा धेरै रगत बग्नु, छिटो छिटो महिनावारी चक्र हुन्छ भने चिकित्सकको परामर्शमा लिनुपर्छ ।

ध्यान दिनैपर्ने कुराहरु :

–पाठेघरको राम्रोसँग जाँच गराउने
– कसरत गर्नुपर्छ ।
–तातो तथा झोलिलो पदार्थ पिउने, आराम गरेर बस्ने, हडब्याकले सेक्ने, पोषिलो र तागतिलो खानुपर्छ ।
–तनाव नलिने ।
–संक्रमण हुने डर धेरै हुन्छ सरसफाई एकदम ध्यान दिने, दिनहुँ नुहाउने ।
–प्याडको रुपमा कपडा प्रयोग गर्नुपरे सफा नरम कपडाको प्रयोग गर्ने । पुरानो फोहोर कपडा भए घाममा राम्रोसँग सुकाएर लगाउने ।

 

प्रतिक्रिया सबै