download zoom cloud meeting for pc windows 10 - download zoom cloud meeting for pc windows 10 install zoom on windows 10 zoom login my account zoom meeting download zoom free windows monitor too zoomed in zoom download version 5.6.6 room zoom race for impact pc download
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

मेरो जितले युवामा आशा थपिएको छ : सुनिता डंगोल

 शुक्रबार, जेष्ठ १३ २०७९  

काठमाडौं । काठमाडौं महानगरपालिकामा नेकपा एमालेबाट उपमेयरमा निर्वाचित सुनिता डंगोलले आफ्नो जितले युवाहरुमो आशा थपिएको बताएकी छन् । निर्वाचन आयोगले शुक्रबार विजयीको घोषणा गरेसँगै विजय जुलुस निकालिएको हो ।

विजयी जुलुसले काठमाडौं परिक्रममा गरेको छ। विजयी घोषणा भएपछि शुक्रबार सुनिता राष्ट्रियसभा पुगेकी थिइन् । त्यहाँ उनलाई एमालेका समर्थकले अबिर, खादा र माला लगाइदिएका थिए । उपमेयरमा विजयी सुनिताले यो जित नयाँ आशाको किरण भएको प्रतिक्रिया दिएकी छन् ।

उनले भनिन्, ‘राजनीति भनेको फोहोरी खेल हो भन्ने जमात बढिरहँदा अझ विशेषगरी युवाहरूका लागि राजनीति भनेको पाइला टेक्ने ठाउँ होइन भन्दा आफ्नो जितले केही न केही आशाको किरण थपिएको छ ।’

गठबन्धनका तर्फबाट एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठलाई हराउँदै उपमेयर बनेकी उनले ६८ हजार ६१२ मत पाएकी छन् । आजै यसअघि मेयर बालेन शाहको विजय जुलुस निकालिएको थियो ।

प्रतिक्रिया सबै