alternative of zoom app in india zoom 2 download zoom app for windows computer zoom global network download download zoom meeting for laptop www.zoom.com app zoom cloud meeting login download download zoom rooms client
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

देशको नीति तथा कार्यक्रम यही हो : राजेन्द्र लिङ्देन

 शुक्रबार, जेष्ठ १३ २०७९  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशको नीति तथा कार्यक्रम यही हो ? भन्दै प्रश्न गरेका छन् ।

शुक्रबार नीति तथा कार्यक्रमाथिको छलफलका क्रममा उनले भोटको आधारमा ठूला भएपनि दलहरू जनताबाट धेरै टाढा भइसकेको बताएका छन् ।

“प्रधानमन्त्रीले आफ्नो जिल्लामा मेडिकल कलेज स्थापना गर्ने नीति तथा कार्यक्रम ल्याउनुभएछ । मन्त्रीजीहरूको सडकमा ठुल्ठुला सडक बनाउने नीति कार्यक्रममा छ । देशको नीति कार्यक्रम यही हो ?,” उनले प्रश्न गरेका छन् ।

उनले बर्खा लाग्दा पैसा तिरेर युरिया मल किन्न नपाउनेहरूको विषयलाई नीति कार्यक्रमले छुन नसकेको भन्दै असन्तुष्टि प्रकट गरेका छन् ।

प्रतिक्रिया सबै