download zoom recorder to pc zoom entertainments karaoke download audio not working in zoom windows 10 www.zoom us.meeting download down zoom app join zoom meeting online with id and password - join zoom meeting online with id and password download zoom recorded meetings
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

काठमाडौं उपत्यकामा एमालेको भन्दा काँग्रेसको शक्ति बढ्यो

 शनिबार, जेष्ठ १४ २०७९  

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्लाका पालिकामा नेपाली काँग्रेसले शक्ति बढाएको छ । स्थानीय तहको चुनावमा काँग्रेसले तीनवटै जिल्लामा बढी पालिका जित्न सकेको छ ।

काठमाडौंमा ११ पालिकामध्ये नेपाली काँग्रेसले ७, नेकपा एमालेले २, राप्रपाले १ र स्वतन्त्रले १ पालिका जितेका छन् । काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साह जितेका छन् । तर, ३२ वडामध्ये काँग्रेसले १९ वडा जितेर नगर सभामा बहुमतको अवस्था बनाएको छ ।

टोखा र बूढानिलकण्ठमा मात्र एमालेले जितेको छ । शंकरापुरामा राप्रपा जितेको छ ।

ललितपुरमा पनि काँग्रेस बलियो बनेको छ । ललितपुर महानगरपालिकासहित ४ पालिकामा काँग्रेसको मेयर तथा अध्यक्ष जितेका छन् । ललितपुर महानगरपालिकामा चिरिबाबु महर्जन मेयरमा दोहोरिएका छन् । गोदावरीमा पनि काँग्रेसले मेयर जितेको छ । महाँकाल र बागमती गाउँपालिकामा काँग्रेस जितेको छ ।

नेकपा एमालेले महालक्ष्मी नगरपालिका र कोञ्ज्योसम गाउँपालिका जितेको छ । एमालेले विगतमा जितेका पालिकाहरुका धेरै वडा गुमाएको छ । गोदावरीमा एमालेका भाष्कर थापा मात्र वडाध्यक्ष जित्न सफल भए । महालक्ष्मीमा पनि एमालेले विगतमा जितेका ३ वडा गुमाएको छ ।

भक्तपुरमा पनि एमालेको शक्ति घटेको छ । एमालेले मध्यपुर ठिमी नगरपालिका गुमाएको छ । भक्तपुर नगरपालिका नेमकिपाले क्लिन स्वीप नै गरेको छ । सूर्यविनायक नगरपालिका मात्र एमालेले जितेको छ ।

उपत्यकामा २०७४ को चुनावमा एमाले बलियो थियो । काठमाडौं महानगरपालिकासहित उपत्यकाका महत्वपूर्ण नगरपालिकाहरुमा एमालेको मेयर थिए । यसपटक उसको शक्ति निकै घटेको छ ।

प्रतिक्रिया सबै