join zoom meeting with id & password protected download zoom app latest version zoom cloud meetings download in laptop zoom app download for windows 10 pro 64 bit zoom login - zoom login zoom app download for pc windows 10 32 bit
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

दैनिक १ गिलास दूध पिउनाले मुटु रोगको जोखिम कम हुने

 शनिबार, जेष्ठ १४ २०७९  

एजेन्सी । दैनिक एक गिलास दूध पिउनाले मुटु रोग र स्ट्रोकको जोखिम घटाउन सक्ने अध्ययनले देखाएको छ। दूध पिउनेहरूमा मुटु रोग र स्ट्रोकको जोखिम १४ प्रतिशतसम्म घट्ने इङ्गल्याण्डको रिडिङ विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले दाबी गरेका हुन्।

शरीरमा कोलेस्ट्रोलको स्तर बढ्दा धमनीहरूमा अवरोध पुग्ने हुँदा हार्ट अट्याक र स्ट्रोकको जोखिम बढ्ने हुन्छ । तर दैनिक दूध पिउनेहरूमा कोलेस्ट्रोलको मात्रा कम रहन्छ । जसकारण मुटु रोगको जोखिम पनि कम हुने अध्ययनले देखाएको छ। बेलायत र अमेरिकाका दैनिक दूध पिउने २० लाख मानिसहरूमा अनुसन्धान गरिएको थियो।

अध्ययनका क्रममा यस्ता व्यक्तिहरूमा मुटु रोगको समस्या कम भएको पाइयो । विश्वविद्यालयका अन्वेषक प्रो। विमल कर्णीका अनुसार दुध पिउनेहरूको जीनमा परिवर्तन आएको अध्ययनले देखाएको छ।

अनुसन्धान रिपोर्टका अनुसार दूध पिएपछि ल्याक्टेज जीनमा परिवर्तन भएको थियो । यस जीनले दूधमार्फत शरीरमा पुग्ने चिनीलाई पचाउने काम गर्छ । जीन परिवर्तन भएका व्यक्तिमा हृदय रोगहरूको जोखिम कम थियो । साथै, दूध पिउने मानिसमा बीएमआई ९बडी मास इन्डेक्ट० उच्च भएपनि खराब कोलेस्ट्रोलको स्तर कम थियो ।

प्रतिक्रिया सबै