zoom uk login my account uk - zoom uk login my account uk cosmic zoom app zoom cloud meeting app download for microsoft - zoom cloud meeting app download for microsoft why rt pcr takes time download zoom 3.6
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

हेटौंडाको कार्यपालिकामा एमालेका उम्मेदवार निर्वाचित

 आइतवार, जेष्ठ १५ २०७९  

काठमाडौँ । हेटौंडा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा नेकपा एमालेका सदस्य निर्वाचित भएका छन् । आइतबार भएको निर्वाचनबाट एमालेका ८ जना सदस्य निर्वाचित भएका छन् ।

महिला अल्पसंख्यक तथा दलितमा एमालेका उम्मेदवार निर्वाचित भएका हुन् । महिलातर्फ पातलीमाया गोङ्बा, ईश्वरी विश्वकर्मा, रुक्मिणी स्याङ्तान, मञ्जु भुर्तेल र साधना श्रेष्ठ निर्वाचित भएका हुँदा दलित तथा अल्पसंख्यकतर्फ वीरबहादुर विश्वकर्मा, शंकर राई र अर्जुनबहादुर राई निर्वाचित भएका हुन् । ९७ जना मतदातामध्ये एमालेका उम्मेदवारले ५० मत पाएका थिए भने गठबन्धनका उम्मेदवारले ४७ मत पाएका थिए ।

गठबन्धनको तर्फबाट महिला सदस्यमा नेपाली कांग्रेसका रन्जु गोङ्बा, सन्तुमाया पाख्रिन, सविना बिडारी, नेकपा (एकीकृत समाजवादी)बाट कमला पौडेल र सुनिता परियार उम्मेदवार रहेका थिए । यस्तै अल्पसंख्यक तथा दलितर्फ गठबन्धनबाट नेपाली कांग्रेसका धनराज प्रजा, रामबहादुर नेपाली र नेकपा (एकीकृत समाजवादी) का कल्पना विश्वकर्मा उम्मेदवार रहेका थिए ।

प्रतिक्रिया सबै