zoom citrix download zoom install for windows 10 latest version - zoom install for windows 10 latest version zoom cloud meeting free download for windows desktop zoom 3.5 free download download zoom free
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

दुर्घटनामा परेको विमानमा तीनजना चालकसहित २२ जना सवार थिए

 सोमवार, जेष्ठ १६ २०७९  

काठमाडौं । तीन जना चालक दलका सदस्यसहित १९ यात्रु बोकेर आइतबार पोखराबाट उडेको तारा एयरको जहाज सोमबार बिहान मुस्ताङमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ ।

सम्पर्कविहीन भएको जहाजका बारेमा आइतबार दिनभर केही पत्ता लागेको थिएन । यार्सा खोज्न जाने टोलीले जहाज दुर्घटनाग्रस्त अवस्थामा देखेर खबर गरेका थिए ।

उक्त जहाज मुस्ताङको थुसाङ २ मा दुर्घटनामा परेको अवस्थामा भेटिएको छ । अहिले त्यहाँ पुगेका सेना, प्रहरी र स्थानीयले दिएको जानकारीकाअनुसार जिवित फेला पार्ने सम्भावना देखिँदैन ।

अहिले पनि उद्धारको काम भइरहेको छ । अहिले त्यहाँ सेना र फिस्टेलको हेलिकोप्टर पनि पुगेको छ । जहाजमा चालक दलका तीन सदस्यसहित १९ यात्रु रहेका थिए ।

तारा एयर जहाजमा थिए यी १९ यात्रु

युवे विल्नर
रितिका त्रिपाठी
धनुष त्रिपाठी
अकोश कुमार त्रिपाठी
तुलसा देवी तामाङ
सुकुमाया तामाङ
राममाया तामाङ
मकरबहादुर तामाङ
प्रकाश सुनुवार
रोजिना श्रेष्ठ
रश्मी श्रेष्ठ
रविना श्रेष्ठ
गणेशनारायण श्रेष्ठ
बसन्त लामा
माइक ग्रीट ग्य्राफ
राजन कुमार गोले
पुरुषोत्तम गोले
इन्द्रबहादुर गोले
वैभवी बान्डेकर

चालक दल
क्याप्टेन : प्रभाकर घिमिरे
उत्सव पोखरेल
किस्मी थापा

प्रतिक्रिया सबै