zoom app for windows 11 64 bit zoom app webinar www.zoom app free download why is my zoom audio not working on windows 10 - why is my zoom audio not working on windows 10 zoom download version 5.6.6 download zoom us app lil uzi vert zoom download
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

विमान दुर्घटनामा धनुसाका एकै परिवारका सातजना

 सोमवार, जेष्ठ १६ २०७९  

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज आइतबार दुर्घटना भयो । उक्त जहाजमा धनुसाका एकै परिवारका सातजना परेका छन् ।

धनुषाको मिथिला नगरपालिका वडा नम्बर–११ का एकै परिवारका सातजनाले मुक्तिनाथ उड्नु अघि पोखरा विमानस्थलमा तस्बिर खिचाएका थिए । उनीहरु सबैको विमान दुर्घटनामा ज्यान गएको छ ।

मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवले उनीहरु पोखरा विमानस्थलबाट जोमसोमका लागि उड्नु अघिको तस्बिर सामाजिक संजाल फेसबुकमार्फत सार्वजनिक गरेका छन् ।

ज्यान गुमाउनेहरुमा मिथिला–११ का राजनकुमार गोलेसँगै उनका बुवा–आमा, काका–काकी, मामा–माइजू रहेको भन्दै मन्त्री यादवले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

“मुक्तिनाथ दर्शन गर्न जाने क्रममा पोखरा–जोमसोमको जहाज दुर्घटनामा परी धनुषा जिल्ला मिथिला नगरपालिका वडा नम्बर–११ का एकै परिवारका राजनकुमार गोलेसँगै उनका बुवा, आमा, काका, काकी, मामा, माइजूहरुसहित ७ जना र जहाजका अन्य यात्रीसहित २२ जनाको मृत्युले एकदम स्तब्ध र मर्माहत भएको छु,” मन्त्री यादवले लेखेका छन्, “मृतात्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो सम्बेदना ब्यक्त गर्दछु ।”

प्रतिक्रिया सबै