२ बैशाख २०८१, आईतवार Sunday 14 April, 2024

निर्वाचनको परिणामले एमाले खुशि छैन, ओलीको मन त रोएकै छ : प्रचण्ड

 बुधबार, जेष्ठ १८ २०७९  

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थानीय तह निर्वाचनको परिणामलाई लिएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली खुशि नरहेको दाबी गरेका छन् ।

प्रचण्डले माओवादी केन्द्रदुवारा बुधबार आयोजित स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण प्रशिक्षण कार्यक्रममा सार्वजनिक मन्तव्यमा जे भने पनि स्थानीय तहको निर्वाचनले एमालेलाई आगामी दिनमा सहज छैन भन्ने परेको बताएका हुन् ।

ओलीलाई लक्षित गर्दै प्रचण्डले भने, ‘मुखले जे भने पनि, भाषणमा जे भने पनि मन त रोएकै छ भन्ने थाहा पाइन्छ ।’ एमालेका नेताहरू आगामी दिनमा गठबन्धन हुने हो कि होइन भन्नेबारे सहज अवस्थामा नरहेको प्रचण्डको भनाई थियो ।

‘चैनमा त छैनन् नि एमाले अहिले । एमाले अहिले चैनमा छ त ?’, प्रचण्डले प्रश्न गरे । कांग्रेस नेतृत्वको गठबन्धनमा आफू प्रतिबद्ध रेहको जनाउँदै प्रचण्डले माओवादीलाई हल्का रूपमा नलिन आग्रह पनि गरे । ‘यो गठबन्धन लिएरै जाने हो । संविधान, लोकतन्त्र, राष्ट्रियताको रक्षाको निम्ति भनेर गठबन्धन गरेको हो । कांग्रेसमा अहंकार नआओस् । उसले ‘टेकन फर ग्रान्टेड’ भन्छन् नि, माओवादीलाई हल्का रूपमा लिने कामचाहिँ नगरोस् भन्ने मेरो अनुरोध छ’, प्रचण्डले भने ।

प्रतिक्रिया सबै