zoom technologies mcse material free download zoom clone script download zoom app 101 zoom online meeting app download zoom download 2022 zoom meeting icon download zoom download para pc
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

पूर्व प्रेमिकामाथि ब्रेकअपको बदला, बनाइदिए आफ्नो नामको ट्याटु

 बिहिबार, जेष्ठ १९ २०७९  

काठमाडौं । ब्राजिलका एक व्यक्तिले पूर्व प्रेमिकालाई अपहरण गरेर च्यापुमा आफ्नो नामको ट्याटु बनाइदिएका छन् । उनले यसो गरेर पूर्व प्रेमिकामाथि ब्रेकअपको बदला लिएका थिए ।

१८ वर्षकी तयाने काल्दास अघिल्लो शुक्रबार स्कूल जाँदै थिइन् । त्यतिबेला उनको भेट पूर्व प्रेमी गेब्रियल कोइल्होसँग भयो । उनले तयानेलाई जबर्जस्ती कारमा राखे । नमान्दा आक्रमण गर्ने हो कि भन्ने डरले उनी थपक्क कारमा बसिन् । त्यसपछि उनलाई पूर्व प्रेमीको घरमा लगियो । त्यहाँ उनका २० वर्षका पूर्व प्रेमीले तयानेको दाहिने कानदेखि मुन्तिर चिउँडोसम्म आउने गरी आफ्नो पूरा नामको ट्याटु बनाइदिए ।

भोलिपल्ट तयानलेकी आमाले छोरी हराइरहेको रिपोर्ट दर्ता गरेर गेब्रियलको घरमा ट्र्याक गर्ने बन्दोबस्त मिलाइन् । उनले आफ्नी छोरीलाई घर लगिन् र उनको नयाँ अनुहारको ट्याटु र चोट लुकाउनुको सट्टा दुर्व्यवहार गर्ने प्रेमीविरुद्ध मुद्दा दर्ता गर्न प्रोत्साहित गरिन् ।

अडिटी सेन्ट्रलका अनुसार​ गेब्रियललाई शनिबार हिरासतमा लिइएको थियो । उनका बुवाले तयाने प्रेमीको पूरा नामको ट्याटु गालामा बनाउन पाउँदा निकै खुसी भएको दाबी गर्दासमेत उनलाई पक्राउ गरिएको थियो ।

‘मलाई उसँग डर लाग्छ,’ तयानेले टिभी ब्यान्ड भ्यालेसँग भनिन् । ‘आजकालका कानुन, सबैलाई थाहा छ कि ऊ धेरै समयसम्म जेलमा बस्ने छैनन्, यो पूरा घटनासँगै मलाई उसँग असाध्यै डर लागेको छ ।’

तयानेका वकिलले उनीमाथिको भयानक घटना अनलाइनमार्फत् साझा गरेका छन् । यससँगै धेरै ब्राजिलियन इन्फ्लुएन्सर र ट्याटु हटाउने पसलहरुले उनलाई मद्दत गर्न अग्रसर भएका छन् । १८ वर्षीया किशोरीले बुधबार अनुहारबाट ट्याटु हटाउने पहिलो लेजर सेसन गरिन् । उनले गेब्रियलको नामको अन्य दुईवटा ट्याटु पनि हटाउने योजना बनाएकी छिन् ।

प्रतिक्रिया सबै