download to zoom download zoom meeting for microsoft - download zoom meeting for microsoft free download program zoom meeting zoom .us/support/download zoom for students download incucyte zoom download
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

तारा विमान दुर्घटना : मृतकका परिवारलाई शव हस्तान्तरण

 बिहिबार, जेष्ठ १९ २०७९  

काठमाडौं । तारा एयरको विमान दुर्घटनामा ज्यान गुमाएकाहरुको शव त्रिवि शिक्षण अस्पतालबाट बिहीबार मृतकका परिवारलाई हस्तान्तरण गरिएको छ । शव हस्तान्तरण गर्न अघि सबै २२ जनाको शवको पोस्टमार्टम गरिएको थियो ।

पोखराबाट मुस्ताङको जोमसोमतर्फ जाने क्रममा सो विमान दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका तीन सदस्यसहित १३ जना नेपाली र चार भारतीय तथा दुई जना जर्मन नागरिकले ज्यान गुमाएका थिए ।

दुर्घटनामा ज्यान गुमाएकाको शव सोमबार र मङ्गलबार दुई चरणमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको थियो ।

प्रतिक्रिया सबै