zoom cloud meeting download for pc windows 10 64 bit install zoom on windows 10 download and install zoom - download and install zoom download zoom com zoom installer installation failed error 10003
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

मिरुनामाथि निर्देशकले नै गरेका थिए ह्यारेसमेन्ट, पाँच बर्ष अघिको घटना यसरी राखियो गुपचुप

 बिहिबार, जेष्ठ १९ २०७९  

काठमाडौं । नायिक मिरुना मगरलाई पाँच बर्ष अघि पनि एक निर्देशकले ह्यारेसमेन्ट गरेका थिए । उनलाई पाँच वर्षअघि एक फिल्म निर्देशकले नै दुर्व्यवहार गरेको घटना भने लुकाइएको थियो । त्यसबेला चलचित्रमा नयाँ भएकाले उनले घटना सार्वजनिक गर्ने हिम्मत नराखेकी हुन् ।

मिरुना यतिबेला सामाजिक सञ्जालमा चर्चा र बहसको पात्र बनिरहेकी छन् । ए युवकले आफूलाई दुर्व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी गरेपछि समाज उनको पक्ष र विपक्षमा बहस भइरहेको हो । तर, यो घ्टाना अहिले मिलिसकेको छ ।

मिरुना २०७४ सालमा एउटा चलचित्रमा उनी नायिकाको रूपमा आबद्ध भएकी थिइन् । चलचित्रको ७५ प्रतिशत सुटिङ सकिइसकेको थियो । साँगामा छायांकन चलिरहँदा एक दिन निर्देशकले उनलाई स्क्रिप्टमाथि छलफल गर्ने बहानामा त्यहाँ रहेको साँखु रिसोर्टमा निम्त्याएर मिरुनामाथि दुर्व्यवहार गरेका थिए ।

स्रोतका अनुसार मिरुनाले प्रतिकार गरेर निर्देशकबाट फुत्किइन् र फिल्म निर्मातालाई घटना सुनाएकी थिइइन् । त्यसपछि निर्माताले तत्काल एक्सन लिएर निर्देशक र दुई सहायक निर्देशकलाई ‘फायर’ गरे भने मिरुनालाई घटना बाहिर नल्याउन आश्वस्त तुल्याए र मिरुना पनि सहमत भएकी थिइन् । सो चलचित्रको २५ प्रतिशत छायांकन सम्पन्न भए पनि निर्देशक फालिएसँगै यो चलचित्रको काम अवरुद्ध भएको थियो । यसका निर्माता अहिले अमेरिकामा छन् ।

को हुन् मिरुना ?
मिरुनाले चलचित्र ‘लालपुर्जा’ बाट नेपाली फिल्ममा डेब्यू गरेकी हुन् । यस फिल्मको निगम श्रेष्ठ हुन् । धरानमा जन्मेकी मिरुनाको स्थायी बसोबास हाल भने बेलायतमा छ । उनका पिता बेलायती नागरिक र आमा नेपाली हुन् । मिरुना २०७२ सालको भूकम्पपछि समाजसेवाको उद्देश्यले नेपाल आएकी थिइन् ।

No photo description available.

कलाकारिता क्षेत्रमा सानैदेखि रुची भएकी उनले नेपालमै अभिनय सिकेकी थिइन् । त्यसपछि उनलाई ‘लालपुर्जा’ मा अफर आएको हो । यो चलचित्रले व्यवसायिक सफलता प्राप्त गर्न सकेन ।

‘लालपुर्जा’ पछि उनले ‘रोज’, ‘साइनो’ ‘चचहुईं’ लगायतका चलचित्रमा काम गरिन् । तर, यी सबै चलचित्र बक्स अफिसमा फ्लप भएका थिए । मिरुनाले ‘कबड्डी ४’ बाट पहिलोपटक सफलताको स्वाद चाखेकी हुन् । यससँगै करिअरले नयाँ गति लिने आशा उनले राखेकी छन् ।

 

यो पनि

मिरुना भन्छिन् : तीनपटक ‘ब्याड टच’ गरेपछि थप्पड हानें, आफै रोएँ (भिडियो)

 

 

प्रतिक्रिया सबै