getting the zoom app zoom app compromised latest version of zoom app free download zoom app for windows 10 filehippo zoom 5.8.6 download incucyte zoom download zoom minimum requirements pc - zoom minimum requirements pc zoom app downlod
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

माछापुच्छ्रे बैंकका ग्राहकहरूलाई स्वास्थ्यसम्बन्धी सुविधामा २५ प्रतिशत छुट

 बिहिबार, जेष्ठ १९ २०७९  

काठमाडौं । माछापुच्छ्रे बैंक र महाराजगन्जस्थित काठमाडौं पाथल्याब एन्ड डायग्नोस्टिक सेन्टर प्रालि तथा ग्यालेक्सी स्पेसलिटी क्लिनिक प्रालिबीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।

सम्झौताअनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरूले काठमाडौं पाथल्याबबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्यसम्बन्धी सुविधा लिँदा २५ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ। त्यसैगरी ग्यालेक्सी स्पेसलिटीबाट प्रदान गरिने सम्पूर्ण स्वास्थ्यसम्बन्धी सुविधाहरुमा २५ प्रतिशतसम्म छुट पाउनेछन्।

बैंकका ग्राहकहरूले उक्त छुट, बैंकको डेबिट/क्रेडिट कार्ड तथा क्युआर प्रयोग गरी बिल भुक्तानी गर्दा पाउन सक्नेछन्। बैंकले देशभर रहेका विभिन्न संघसंस्था तथा व्यापार व्यवसाय सग व्यावसायिक सम्झौता गरी आफ्ना ग्राहकहरुलाई आर्कषक छुट प्रदान गर्दै आएको छ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ८ एक्सटेन्सन काउन्टर, १६६ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटीएममार्फत १३ लाख भन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया सबै