zoom join meeting id number free zoom download for pc laptop - zoom download for pc laptop zoom app for computer free download zoom installation path zoom english download download zoom 5.8.0
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

एमसीसीलाई जस्तै अहिले बुढीगण्डकीलाई गिजोलियो : प्रदीप ज्ञवाली

 बिहिबार, जेष्ठ १९ २०७९  

काठमाडौं । नेकपा (एमाले)का सांसद प्रदीपकुमार ज्ञवालीले बिगतमा एमसीसीलाई गिजोलेजस्तै गरी अहिले बुढीगण्डकीलाई गिजोलिएको बताएका छन् । उनले आयात घटाएर राजस्वमा वृद्धि गर्न नसकिने पनि प्रष्ट पारेका छन् ।

बिहीबार प्रतिनिधि सभाको बैठकमा आ.व. २०७९÷८० को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा भाग लिदै सांसद ज्ञवालीले सरकारले आगामी आर्थिक वर्षमा आयात घटाएर राजस्व बढाउन नसक्ने बताएका छन् ।

राजस्वको ठुलो हिस्सा आयातमा निर्भर भएको हुनाले आयात घटाएर राजस्व बढाउन नसकिने उनको भनाई छ । सांसद ज्ञवालीले सेनिटरी प्याड र विद्युतिय सवारी साधनको आयातमा ठुला व्यापारिक घरानालाई फाइदा हुनेगरी व्यवस्था गरेको उल्लेख गरेका छन् । उनले शिक्षामा अर्बौ रुपैयाँ देश बाहिर गएको भन्दै त्यसलाई रोक्ने कुनै पनि कार्यक्रम बजेटले ल्याउन नसकेको बताएका छन् ।

सांसद ज्ञवालीले सरकारको क्रियाकलापले विदेशी लगानी भित्राउन नसकिने बताएका छन् । सरकारले विदेशी लगानीकर्तालाई विश्वासको सन्देश दिन नसकेको उनले प्रष्ट पारेका छन् ।

प्रतिक्रिया सबै