zoom english version download download zoom conferencing why isn't my zoom audio working on my laptop - why isn't my zoom audio working on my laptop zoom dashboard download tactiq for zoom download zoom app computer zoom cloud meeting app kya hai
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

संघीयताको विरुद्धमा राप्रपा : प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री, अभिभावकीय भूमिकामा राजा

 बिहिबार, जेष्ठ १९ २०७९  

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संघीयविरुद्ध उभिने निर्णय गरेको छ । राप्रपा कार्यसम्पादन समितिको दुई दिन बसेको बैठकले संघीयता विरुद्ध उभिने निर्णय गरेको हो ।

राप्रपाले तीन तहको सरकार नभई केन्द्र र स्थानीय तह बलियो हुनुपर्ने शासकीय स्वरुपको पक्षमा उभिने निर्णय छ । यस्तै समानुपातिक चुनाव प्रणालीबाट सांसद चुन्ने र प्रत्यक्ष निर्वाचनबाट प्रधानमन्त्री चुन्नुपर्ने तथा राजसंस्थालाई अभिभावकीय भूमिकामा राख्नुपर्ने राप्रपाले निर्णय गरेको छ ।

हालै सम्पन्न स्थानीय तह चुनावको समीक्षा गर्न राप्रपा कार्यसम्पादन समितिको बैठक काभ्रेको धुलीखेलमा बसेको थियो । बैठकले आगामी आमनिर्वाचनको तयारी थाल्ने निर्णय पनि गरेको छ । समयै उम्मेदवार चयन गरी निर्वाचनको तयारीमा जुट्ने राप्रपाले निर्णय गरेको छ । त्यसका लागि विभिन्न उपसमितिहरू पनि गठन गरिएका छन् ।

 

प्रतिक्रिया सबै