zoom escaper download zoom download for pc 2021 zoom app for pcs cloud zoom jquery free download download zoom windows 10 zoom type free download free download zoom meeting app for pc - free download zoom meeting app for pc
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

निर्मला हत्या प्रकरणमा अनुसन्धान भइरहेको छ : प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह

 बिहिबार, जेष्ठ १९ २०७९  

काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धान भइरहेको बताएका छन् । प्रहरी महानिरीक्षकमा नियुक्त भएको एक महिना पुगेको अवसरमा पत्रकार भेटघाट कार्यक्रममा महानिरीक्षक सिंहले निर्मला पन्त हत्या प्रकरणमा अनुसन्धान गर्नु आफ्नो प्राथमिकता रहेको भन्दै पुराना जघन्य अपराधका घटनाको अनुसन्धानमा प्रहरी लागेको दावी गरे ।

प्रहरी महानिरीक्षक सिंहले निर्मला प्रकरणमा अनुसन्धानको काम तीव्र रुपमा अघि बढिरहेको बताएका छन् । विगतका जघन्य प्रकृतिका अपराधहरुको अनुसन्धान पनि तीव्र रुपमा भइरहेको उभनाई छ ।

१३ वर्षीय निर्मला पन्तको बलात्कारपछि हत्या भएको ४ वर्ष पुग्न लागेको छ । नेपाल प्रहरीले यस घटनालाई महत्वका साथ अनुसन्धान गरे पनि हत्यारा समक्ष पुग्न सकेको छैन । सय भन्दा धेरै मानिसमाथि अनुसन्धान भए पनि पुष्टि हुने आधार केही फेला पार्न सकेको छैन ।

निवर्तमान प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो कार्यकालमा चाहेर पनि निर्मला पन्त प्रकरणमा ‘ब्रेक थ्रु’ गर्न नसकेको बताएका थिए । गत बैशाख १४ गते अवकाश पाउन लागेका थापाले पत्रकार सम्मेलन गरी आफूले निर्मला पन्तको हत्यारा पत्ता लगाउन प्रयास गरे पनि सफल हुन नसकेको बताएका थिए । त्यस्तै, प्रहरीको सरुवा बढुवा राजनीतिक प्रभावमा नहुने भन्दै उनले उत्कृष्टताको आधारमा मात्रै हुने बताए ।

 

प्रतिक्रिया सबै