zoom app windows 10s zoom cloud meeting pc download zoom pc client download download zoom onto computer download zoom on computer why is zoom not installing on my laptop - why is zoom not installing on my laptop zoom meeting download for laptop windows 11 download new version of zoom
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

जनताले एमालेलाई माया गरेर लोकप्रिय मत दिए, तर हामीभित्रै समस्या देखियो : ओली

 बिहिबार, जेष्ठ १९ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनको समिक्षा गर्दै जनताको माया पाएको पार्टीलाई आफ्नै नेताबाट जोगाउन गाह्रो परेको बताएका छन् ।

जनसंगठन समन्व्य संयन्त्रको बैठकलाई विहीवार सम्बोधन गर्दै अध्यक्ष ओलीले विभिन्न ठाउँमा पार्टीका जिम्मेवार नेता कार्यकर्ताकै अन्तर्घातका कारण प्रमुख र वडाध्यक्ष हार्ने अरु पद जित्ने जस्तो अवस्था देखिएको बताए ।

‘जनताले नेकपा एमाले लाई माया गरेका छन् र लोकप्रिय पहिलो मत दिएका छन् । हामी जनताप्रति आभारी छौं । तर, समस्या हामीभित्रै देखिएको छ’, ओलीको भनाइ उदृत गर्दै प्रचार विभाग उपप्रमुख विष्णु रिजालले भनेका छन्, ‘आफ्नै पार्टीभित्र एउटाले अर्कालाई हराउन खोज्दा दुबैले हार्ने स्थिति बन्यो । नेताहरूबीच मेल भएन, टीम स्पिरिट भएन । यथार्थमा पार्टीलाई आफ्नै नेताहरूबाट कसरी बचाउने भन्ने चुनौती थपिएको छ ।’

प्रतिक्रिया सबै