how do i download zoom meetings for free zoom meeting join a meeting online free why won't my zoom audio work on my laptop zoom app marketplace slack zoom meeting setup download zoom conference download free zoom app for windows computers
१३ मंसिर २०७९, मंगलवार Tuesday 29 November, 2022

काठमाडौंको फोहर व्यवस्थापनबारे छलफल गर्न मन्त्री झाँक्रीसँग पुगे मेयर बालेन

 बिहिबार, जेष्ठ १९ २०७९  

काठमाडौं। शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले काठमाडौंको फोहोर बन्चरेडाडाँ ल्याण्डफिल्ड साइटमा वैज्ञानिक तरिकाले व्यवस्थापन गरिने बताएकी छन् ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गरिरहेको बताउँदै उनले बन्चरेडाडाँमा वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन हुने बताएकी हुन् । बिहीबार काठमाडौं महानगरपालिकाका नवनियुक्त प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोललाई मन्त्रालयमा बधाई ज्ञापन दिँदै मन्त्री झाँक्रीले काठमाडौंको फोहोर व्यवस्थापनका लागि महानगरसँग सहकार्य गर्न सधैं तयार रहेको समेत बताइन् ।

“तत्काललाई काठमाडौंको फोहोर व्यवस्थापन बन्चरडाडाँमा पुरानै किसिमले गरेपनि यसको वैज्ञानिक व्यवस्थापन जरुरी छ । महानगरसँग मन्त्रालय सधैं सँगसँगै मिलेर काम गर्न तयार छ ।”, उनले भनिन् । उनले काठमाडौं महानगरपालिकाभित्र युटिलिटी करिडोर निर्माणको काम समेत मन्त्रालयले गर्न लागेकाले सहकार्य जरुरी रहेको बताइन् ।

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले बन्चरेडाडाडाँ ल्याण्डफिल्ड साइटमा फोहोर विसर्जनका लागि मन्त्रालयसँग सहयोग गर्नुपर्ने भन्दै यस विषयमा मन्त्रालयले गरेका प्रतिबद्धता शतप्रतिशत कार्यान्वयन गर्न अनुरोध गरे । यस्तै उनले काठमाडौंको फोहोर बन्चरेडाडाँमा तत्काल कसरी फोहोर विसर्जन भन्ने विषयमा स्थानीयबासीलाई सहमत गर्न सकिन्छ भन्ने विषयमा पनि सहजीकरण गरिदिन समेत आग्रह गरे ।

 

प्रतिक्रिया सबै