१५ मंसिर २०८०, शुक्रबार Friday 1 December, 2023

सार्वजनिक यातायातको भाडा घट्यो, कुन रुटको कति ?

 शुक्रबार, जेष्ठ २० २०७९  

काठमाडौं । इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा दर घटेको छ ।

नेपाल आयल निगमले बिहिबारदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँँले घटाएपछि सरकारले सार्वजनिक सवारीसाधनको भाडा दर २ प्रतिशतले घटाएको हो ।

यातायात विभागले शुक्रबार एक सूचना जारी गर्दै यात्रुबाहक सवारीमा २ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २ प्रतिशत, तराई बाटो सञ्चालन हुनको २.६ प्रतिशत भाडा घटेको बताएको छ ।

सरकारले सार्वजनिक सवारीको भाडा दर स्वचालित आधारमा गर्ने गरी व्यवस्था गरेसँगै इन्धनको मूल्य घटबढ हुनासाथ भाडादरपनि समायोजन हुने व्यवस्था छ ।

भाडादर

प्रतिक्रिया सबै