zoom meeting download windows meeting zoom app zoom error code 1132 pc how do i download a zoom recording from a shared link - how do i download a zoom recording from a shared link zoom us download pc
२१ मंसिर २०७९, बुधबार Wednesday 7 December, 2022

मूल्यवृद्धि तत्काल नियन्त्रण गरौं : पुष्पा भुसाल

 शुक्रबार, जेष्ठ २० २०७९  

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले गरिव जनता मूल्यवृद्धिको मारमा परिरहेको उल्लेख गर्दै त्यसलाई तत्काल नियन्त्रण गर्न सरकारसँग माग गरेकी छन् ।

सचेतक भुसालले रुस–युक्रेन युद्धका कारण पनि नेपाली जनता पेट्रोलियम पदार्थको कारण मूल्यवृद्धिको मारमा पर्नु परेको स्पष्ट पार्दै त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले जलविद्युत, सौर्य ऊर्जालगायतका ऊर्जा क्षेत्रको विकासमा विशेष ध्यान दिनुपर्ने बताएकी छन् ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धि घटाउन सरकारसँग माग गर्दै प्रतिनिधिसभा बैठकमा पेश गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्ताव भाग लिँदै उनले आयातित बस्तुहरुको प्रतिस्थापन नगरी मूल्य वृद्धिको समस्या हल गर्न नसकिने भएकाले सरकारले यस दिशामा पनि आफूलाई अगाडि बढाउनुपर्ने बताएकी छन् ।

भुसालले भनिन्, ‘मूल्यवृद्धिबारे म नेपालका सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छु । सबभन्दा पहिला म नेपाल सरकारलाई धन्यवाद पनि दिन चाहन्छु । हिजो १० रुपैयाँ टयाक्स घटाएको जुन निर्णय भएको छ । त्यसलाई सकारात्मक रुपमा लिएको छु । त्यसलाई म धन्यवाद पनि दिन चाहन्छु । र यो घटाउने क्रमलाई निरन्तरता दिइयोस भनेर पनि सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

उनले अन्तर्राष्ट्रिय अर्थतन्त्रको मन्दी, रुस र युक्रेनको युद्धको कारणले महंगीको मारमा नेपाली जनता परेको बताउँदै गरिब जनताले यसको मार व्यहोर्नुपर्ने भएकाले यसमा सरकारको गम्भीर ध्यानाकर्षण हुनुपर्ने उल्लेख गरिन्।

‘हामीले नेपाल सरकारलाई पटकपटक भनिराखेका छौँ कि–आयातित वस्तुहरुले नेपालमा महंगी बढने भएकाले यस्ता कुराहरुलाई नियन्त्रण गर्न सौर्य ऊर्जा, बायो ग्यासलगायतका ऊर्जाहरुको उत्पादन गर्न सक्ने ८४ हजार मेगावाट विद्युत उत्पादन गर्न सक्ने हामीसँग क्षमता भएको हुनाले नेपाल सरकारले ऊर्जा उत्पादनमा बढीभन्दा बढी ध्यान दिएर औद्योगीकरणतिर गएर पेट्रोलियम पदार्थका आयात प्रतिस्थापन गर्नेतिर नेपाल सरकारको ध्यान जानुपर्दछ’, उनले भनिन्।

मन्त्रिपरिषदले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेलको संयोजकत्वमा बनाएको मूल्यवृद्धि अध्ययन समितिको प्रतिवेदन छिटोभन्दा छिटो सार्वजनिक गरेर यसको नियन्त्रणमा गर्न ढिलाई नगर्न माग गरिन्।

सचेतक भुसालले मूल्यवृद्धिबारे अध्ययन गर्न गठित राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्वनाथ पौडेल नेतृत्वको समितिको प्रतिवेदन तत्काल सार्वजनिक गरी मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई सचेत गराइन्।

प्रतिक्रिया सबै