download zoom app for windows 10 64 bit zoom app marketplace teams - zoom app marketplace teams best zoom download install zoom app zoom download free laptop - zoom download free laptop zoom app free time limit www.zoom/download.us
२० मंसिर २०७९, मंगलवार Tuesday 6 December, 2022

वर्तमान सरकार धनीहरुको मात्र हो : शान्ता चौधरी

 शुक्रबार, जेष्ठ २० २०७९  

काठमाडौं । नेकपा एमालेका नेतृ तथा प्रतिनिधिसभा सांसद शान्ता चौधरीले वर्तमान सरकार धनीहरुको मात्र भएको बताएकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले भनिन्, ‘पेट्रोल, ग्यास, डिजेल, मट्टितेललगायतका दैनिक उपभोग्य खाद्यान्न सामग्रीमा सरकारले जसरी मूल्यवृद्धि गरेको छ । यसले जनताको ढाड ठसक्क हुनेगरी भाँचिएको छ।’

सत्तारुढ दल नेपाली कांग्रेसका नेताहरुको भाषणप्रति लक्षित गर्दै सरकार गरिबहरुको नभएको पनि उनले दाबी गरिन् । ‘जनताले सोध्न थालेका छन्, यो सरकार धनीहरुको मात्र सरकार हो ? यो सरकार गरिबहरुको होइन ? मैले भन्ने गरेको छु, यो सरकार गरिबहरुको होइन, धनीहरुको हो,’ उनले भनिन्, ‘किनभने, जुन पार्टीको नेतृत्वको सरकार छ, त्यो पार्टीका नेताहरुले भाषण गरेको सुनेको छु, हाम्रो पार्टी गरिबहरुको होइन भनेर।’

 

प्रतिक्रिया सबै