zoom interview download app marketplace zoom zoom filter app zoom meeting setup download download zoom installer exe download zoom recording from cloud download zoom pc windows 10 why my zoom audio is not working on laptop - why my zoom audio is not working on laptop
२२ मंसिर २०७९, बिहीबार Thursday 8 December, 2022

सेञ्चुरी बैंक र सिद्धार्थ बिजनेस ग्रुपबीच छुट सम्झौता

 शुक्रबार, जेष्ठ २० २०७९  

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी प्रालिबीच विभिन्न सेवा सुविधाहरुमा २० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरु, मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरु, सम्पूर्ण ग्राहकवर्गहरु तथा बैकका कर्मचारीहरुलाई सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको देशभरि सञ्चालनमा रहेका होटेल तथा रेष्टुरेन्टहरुमा खानामा १० प्रतिशत र आवासमा २० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको छ।

उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत श्रीमती अनुपमा श्रेष्ठ मानन्धर र सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका तर्फबाट बजार प्रबन्धक नृपेश श्रेष्ठले हस्ताक्षर गरेको बैंकले जनाएको छ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका १४३ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।

 

 

प्रतिक्रिया सबै