how do i join a zoom meeting on my pc - how do i join a zoom meeting on my pc zoom admin download download zoom app on windows 10 zoom meeting app download free windows 10 - zoom meeting app download free windows 10 zoom meeting joining
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

आगामी प्रदेश र संघको निर्वाचनमा वाम गठबन्धन बनाएर जानुपर्छ : एमाले उपमहासचिव गुरुङ

 शुक्रबार, जेष्ठ २० २०७९  

काठमाडौं । नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले आगामी प्रदेश र संघको निर्वाचनमा वाम गठबन्धन बनाएर जानुपर्ने बताएका छन् । उनले प्रचण्ड र माधव नेपालहरू अप्राकृतिक गठबन्धनमा रहेको पनि बताए । ‘वाम दलहरुबीच तालमेल भएमा समाजवादको आधार निर्माण गर्न सहज हुन्छ । तुलनात्मक रुपमा वामहरु नै देशभक्त हुन्छन्,’ उनले मिडियामा भनेका छन्, ‘देशको स्वाधिनताको पक्षमा वामहरु योगदान दिन सक्छन् । नेपालको सन्दर्भमा सच्चा देशभक्त वामहरु मात्रै देखिन्छन् ।’

अहिले सर्प, बिच्छी, भ्यागुता एउटै ठाउँमा भएर जुन गठबन्धन भएको छ, त्यो मुलुकको प्रगति, अग्रगतिको र समृद्धिको पक्षमा नभाएको भन्दै उनले भनेका छन्, ‘संघीय शासन कार्यान्वयनको पक्षमा पनि देखिँदैन । संविधानमै व्यवस्था गरेको समाजवादको आधार निर्माण गर्नेतिर जाने पनि देखिँदैन । त्यो आगामी आर्थिक वर्षको बजेटमा समेत प्रतिबिम्ब भयो ।’

उनले एमालेविरुद्ध मोर्चाबन्दी बनेको र आफूहरुले पनि लचकता अपनाउन नसकेको स्वीकार गरे । ‘त्यतिबेला हाम्रो पनि थोरै समस्या हो । हामी मिलेर गएको भए यस्तो स्थिति हुने थिएन । हामी जहिल्यै वाम गठबन्धनकै पक्षमा छौं,’ उनले थपे, ‘जनमत भएरमात्रै हुँदैन । हाम्रा विरुद्ध गठबन्धन गर्ने धाँधली गर्ने तिकडम गर्ने, सत्ताको दुरुपयोग गरेर हराउने भयो । त्यसो भएको हुनाले वाम गठबन्धन गर्नै पर्छ ।’

 

प्रतिक्रिया सबै