download for windows-zoom download zoom on pc zoom app meeting download for pc - zoom app meeting download for pc zoom hack script download zoom download win10 why is my monitor zoomed in windows 10
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

दलाल राज्यसत्ताले गरिब जनतलाई शोषण गरिरहेको छ : नेकपा (बहुमत)

 शुक्रबार, जेष्ठ २० २०७९  

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) कालोबजारको मल कब्जा गरेर जनतलाई बाँडिदिने चेतावनी दिएको छ । पार्टीका कैलाली जिल्ला कार्यालय सचिव अनमोलद्वारा जारी विज्ञप्तिमा कालोबजारी गरेको मल फेलापरेमा कब्जा गरी किसानलाई वितरण गरिने र मल, बिउका कालोबजारियालाई सडकबाट कारबाही गर्ने चेतावनी दिएको हो ।

नेकपा (बहुमत)ले किसानहरूका लागि आवश्यक कृषि सामग्री, मल बिउ, बिजन सरल, सहज र निष्पक्ष रूपमा सबै किसानसम्म उपलब्ध गराउन जोडदार मागसमेत गरेको छ । ‘पुँजीवाद हाल दलाल पुँजीवादमा रूपान्तरित भएको छ । दलाल पुँजीवादले आमश्रमजीवी जनताको श्रम, पसिना र रगत शोषण गर्ने काम गरिरहेको छ । दलाल राज्यसत्ताले आज व्यापारी, व्यवसायी, कथित जनप्रतिनिधिलगायत विभिन्न सङ्घ, संस्थाहरूलाई समेत दलाल बनाउन सफल भएको छ । यो दलाल पुँजीवादले आज सम्पूर्ण उपभोक्ता, निम्न वर्ग, किसान र मध्यम वर्गलाई शोषण गरिरहेको छ’, विज्ञप्तिमा भनिएको छ ।

नेकपा (बहुमत)ले दलाल पुँजीवादी सत्तामा विशेषगरी आममजदुर, किसान, गरिब जनता र उत्पादक शक्तिहरू बढी मारमा पर्दै आइरहेको बताएको छ । ‘दलाल पुँजीवादी सत्तामा विशेषगरी आममजदुर, किसान, गरिब जनता र उत्पादक शक्तिहरू बढी मारमा पर्दै आइरहेका छन् । हाम्रो देश कृषिप्रधान देश हो तर राज्यले आजका मितिसम्म किसानहरूलाई सम्मान गर्न सकेको छैन, बरु उल्टै उत्पीडन र उपेक्षाका साथ मौलिक अधिकार कुण्ठित गर्दै आएको छ । मानवजीवन रक्षाका निमित्त आवश्यक खाद्यान्न उत्पादन क्षेत्र कृषि हो तर यहाँ कृषि पेसामा आवश्यक कृषि सामग्रीहरूलाई सरल, सहज, सहुलियत र अनुदानित बनाउनुको सट्टा अभाव, कालोबजारी र महँगी गराइएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘मलको अनुमति पाएका कृषि सामग्री केन्द्र लिमिटेड, बिउबिजन कम्पनी र साल्ट ट्रेडिङ कम्पनीले मल ल्याउन छोडेर अन्य कम्पनीको अवैध मल बजारमा भेटिएको छ । राज्यले हरेक वर्ष बजेट भाषणमा करोडौँ रकम मल खरिद गर्न छुट्ट्याउँछ, किसानलाई अनुदान छुट्ट्याएको मल कालोबजारियाले बजारमा कृत्रिम अभाव उत्पन्न गरी मूल्यभन्दा दोब्बर–तेब्बर मूल्यमा बेचेको पाइएको छ । किसानलाई मल आवश्यक पर्ने बेलामा जहिले पनि कृत्रिम अभाव उत्पन्न गरी कलोबजारी गर्न राज्य नै लागिपरेको देखिएको छ । यस्तो कालोबजारी रोक्न र समयमा किसानलाई मल, बिउ उपलब्ध गराउन हाम्रो पार्टी जोडदार माग गर्दछ ।’

प्रतिक्रिया सबै