१३ मंसिर २०८०, बुधबार Wednesday 29 November, 2023

मैत्रीपूर्ण अभ्यासमा नेपाल ओमानसँग पराजित

 शनिबार, जेष्ठ २१ २०७९  

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण अभ्यास खेलमा ओमानसँग पराजित भएको छ ।

कतारको सुहिम बिन हामद स्टेडियममा शुक्रबार राति भएको खेलमा नेपाल ओमानसँग २–० गोल अन्तरले पराजित भएको हो ।

ओमानको जितमा ओमार अल मलिकी र इशाम अल सुभीले एक-एक गोल गरे । एएफसी एसियन कप छनोट अघि दोहामा तयारी गरिरहेको नेपालले तेस्रो अभ्यास खेलमा ओमानसँग खेलेको थियो ।

यसअघि नेपालले मैत्रीपूर्णमा टिमोर लिस्टेको यू–२३ टोलीसँग २–२ गोलको बराबरी खेलेको थियो । यस्तै श्रीलंकासँग १–१ को बराबरी खेलेको थियो । नेपाली टोली कतारमा थप तयारी गरेर छनोटका लागि कुवेत जाने छ । छनोटमा नेपाल समूह ’ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।

छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ । नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ । दोस्रो खेलमा नेपालले जुन ११ मा कुवेतको सामना गर्नेछ । नेपालले जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली एसियन कप २०२३ मा छनोट हुने छन् ।

प्रतिक्रिया सबै