zoom app launch zoom web client download zoom in browser no download download zoom meeting app for pc download zoom max zoom iso download change desktop size windows 10 - change desktop size windows 10 zoom link free download
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

मेयर शाहलाई प्रचण्डले भने- ‘तपाईंको जित क्रान्ति हो’

 शनिबार, जेष्ठ २१ २०७९  

काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन) ले नेकपा( माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । शनिबार बिहान अध्यक्ष निवास खुमलटारमा मेयर शाहले भेटवार्ता गरेका हुन् ।

काठमाडौँकाे फोहोर व्यवस्थापनको समस्या समाधानका लागि शाहले विभिन्न राजनीतिक दलका शीर्ष नेतृत्वलाई भेटेर दबाब दिँदै आइरहेका छन् । यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरिसकेका छन् ।

शाहसँगको भेटमा अध्यक्ष प्रचण्डले राम्रो काममा आफ्नो साथ रहन आश्वासन दिएका थिए । प्रचण्डले भने. ‘तपाईंको जित बहुत ठूलो कुरा हो, क्रान्ति हो । पहिलेका मेयरहरू, स्वतन्त्रहरू कुनै एउटा पार्टीसँग एलाइन भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो तर तपाईंले पहिलो पटक सबैलाई मिलाएर – सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो सराहनीय छ त्यसैले हजुरलाई हाम्रो सधैँभरि साथ र सहयोग हुनेछ। “

प्रतिक्रिया सबै