zoom cloud meeting download for windows 10 64 bit zoom meeting login with meeting id zoom meeting download app windows 10 - zoom meeting download app windows 10 zoom for school download zoom recording download url speaker not working on zoom laptop download zoom for windows 10 64 bit free full version
१० मंसिर २०७९, शनिबार Saturday 26 November, 2022

भारतको हापुरमा रासायनिक कारखानामा विस्फोट हँदा ८ जनाको मृत्यु

 शनिबार, जेष्ठ २१ २०७९  

काठमाडौँ।  भारतको उत्तर प्रदेश राज्यस्थित हापुरमा रासायनिक कारखानामा विस्फोट हुँदा आठ जना जनाको मृत्यु भएको छ ।
विस्फोटमा अरु १५ जना घाइते भएका छन् । घटनास्थलमा धेरै दमकल पुगेका र प्रहरीले घटनाको अनुसन्धान गरिरहेको अधिकारीहरूले बताएका छन् ।

विस्फोटमा परी घाइते भएकाहरुलाई अस्पताल लगिएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ । हापुरको विद्युतीय उपकरण उत्पादन गर्ने कारखानामा भएको विष्फोटमा १५ जना घाइते भएको तथा आठ जनाको मृत्यु भएको हापुरका प्रहरी महानिरीक्षक प्रवीण कुमारले बताए ।

घाइतेको उपचार भइरहेको र घटनाको अनुसन्धान जारी रहेको जानकारी दिँदै उनले घटनाका दोषीमाथि कारबाही हुने प्रतिबद्धता व्यक्त गरे । यसैबीच सडक यातायात तथा राजमार्ग तथा नागरिक उड्डयन राज्यमन्त्री विजयकुमार सिंहले घटनामा ज्यान गुमाएकाका परिवारजनप्रति समवेदना व्यक्त गरेका छन् ।तस्वीर- टाइम्स अफ इन्डिया 

प्रतिक्रिया सबै