why can't my laptop connect to zoom - why can't my laptop connect to zoom zoom sound effect download zoom downlead zoom app download free windows 10 64 bit - zoom app download free windows 10 64 bit free zoom app for windows how do i delete zoom app zoom to download
१७ मंसिर २०७९, शनिबार Saturday 3 December, 2022

सिसडोलबाट फोहोरको गन्ध मापन गरेर फर्कियो वैज्ञानिक टोली

 आइतवार, जेष्ठ २२ २०७९  

काठमाडौं । सिसडोलको फोहोरको गन्ध मापन गरेर नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टको वैज्ञानिक टोली फर्किएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको आग्रहरमा गएको टोलीले चार क्षेत्रको नमुना लिएर आएको हो ।

शुक्रबार नास्टले डा. भोजराज पन्तको नेतृत्वमा वैज्ञानिक टोली सिसडोल ल्यान्डफिल साइटमा पठाएको थियो । महानगरका अनुसार फोहोरको गन्ध मापन गरेपछि गन्धको मात्रा थाहा पाइनेछ । फोहोरको दुर्गन्ध कस्तो प्रकारको हो भन्नेबारे नमुनाको रिपोर्ट सोमबारसम्म आउनसक्ने जनाइएको छ । मापनपछि कुन रसायन प्रयोग गरेर गन्ध हटाउने भन्नेबारे थप निर्णयहरू हुनेछन् ।

गत शुक्रबार महानगरका मेयर साह र उपमेयर सुनीता डंगोलसहितको टोली सिसडोल पुगेर स्थानीयसँग वार्ता गरेको थियो । वार्ताका क्रममा बालेनले एकसाताभित्र केमिकलको प्रयोग गरेर दुर्गन्धरहित फोहोर बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । शुक्रबार मेयरको टोली फर्किएपछि शनिबार वैज्ञानिक टोली सिसडोल पुगेको थियो । महानगर स्रोतका अनुसार तत्काल काठमाडौंको फोहोर उठ्ने सम्भावना देखिएको छैन ।

प्रतिक्रिया सबै