zoom login meeting - zoom login meeting zoom meeting app download free for pc zoom installer not working zoom join meeting id and password - zoom join meeting id and password why are covid pcr results taking so long free download aplikasi zoom cloud meeting untuk laptop
१२ मंसिर २०७९, सोमबार Monday 28 November, 2022

जर्मनीलाई रोक्यो इटालीले बराबरीमा

 आइतवार, जेष्ठ २२ २०७९  

काठमाडौं । ‘फिनालिसिमा’मा अर्जेन्टिनासँग पराजित भएको इटालीले शनिबार राति यूईएफए नेसन्स लिगमा जर्मनीसँग १–१ को बराबरी खेलेको छ ।

लगातार दोस्रोपटक फिफा विश्वकपमा छनोट हुन नसकेको इटालीका मुख्य प्रशिक्षक रोबार्टो मान्सिनीले जर्मनीविरुद्ध नयाँ अनुहारलाई मौका दिएका थिए । तीमध्ये मान्सिनीले १८ वर्षीय विलफ्रिड नान्टोलाई पनि मैदानमा प्रवेश गराएका थिए । उनी ६५औँ मिनेटमा माटेयो पोलिटानोको स्थानमा मैदान छिरेका थिए ।

युुरो २०२० को विजेता इटाली फिनालिसिमामा कोपा अमेरिका विजेता अर्जेन्टिनासँग ३–० ले पराजित भएको थियो । घरेलु टोली इटालीले गए राति ७०औँ मिनेटमा लोरेन्जो पेलिग्रिनीको गोलबाट अग्रता लिएको थियो । त्यसको तीन मिनेट बित्न नपाउँदै जर्मनीका जोशुमा किमिचले बराबरी गोल फर्काएका थिए ।

बराबरीपछि नेसन्स लिग ‘ए’को समूह–३ मा समान एक अंक जोडेका जर्मनी र इटाली क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । हंगेरी तीन अंक जोडेर शीर्ष स्थानमा छ । हंगेरीले इंग्ल्यान्डलाई १–० ले पराजित गरेको थियो । इंग्ल्यान्ड पुछारमा छ । इंग्ल्यान्ड हंगेरीसँग ६० वर्षपछि पराजित भएको हो ।

प्रतिक्रिया सबै