zoom meeting app download free for pc zoom patches download dolly zoom download zoom meeting joining 2013 - zoom meeting joining 2013 download zoom instructions join zoom meeting online from browser - join zoom meeting online from browser zoom online meeting join from browser remote desktop window size settings
२२ मंसिर २०७९, बिहीबार Thursday 8 December, 2022

अब पल शाहको फैसला कहिले आउँछ ?

 आइतवार, जेष्ठ २२ २०७९  

काठमाडौं । कलाकार पल शाह तत्काल रिहा नहुने भएको छ । एक नाबालिगमाथि जबरजस्ती करणीको आरोप लागेका पललाई उच्च अदालत पोखराले थुनामै राख्न आदेश दिएसँगै उनी तत्काल रिहा नहुने भएको हो । गत बिहीबार न्यायाधीश उज्वल शुक्ला र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासले जिल्ला अदालत तनहुँको आदेशलाई सदर गरेको थियो ।

जिल्ला अदालत तनहुँले यसअघि पनि उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको थियो । पुर्पक्षका लागि कारागार चलान गर्ने जिल्ला अदालतको आदेशविरुद्ध पलका वकिलले उच्च अदालतमा निवेदन दिएका थिए । बलात्कारको आरोप लगाएकी किशोरी र उनका बुवाले अदालतमा बयान फेरेपछि पलले उच्च अदालतबाट उन्मुक्ति पाउन सक्ने धेरैको अनुमान थियो । तर, पल रिहा हुने वा नहुने टुंगो भने अब जिल्ला अदालतले फैसला कुनुपर्ने हुन्छ ।

अब जिल्ला अदालतको फैसला कुर्नुपर्ने भन्दै जिल्ला सरकारी वकिलको कार्यालय तनहुँका न्यायाधिवक्ता रामचन्द्र शर्मा भन्छन्, ‘हाम्रो दाबी त अहिले पनि दोषी नै भन्ने हो । अब अदालतले के गर्छ त्यो कुर्नुपर्छ । केही साक्षीहरूको बयान अझै बाँकी छ ।’

पुर्पक्षका लागि जेल चलान भए पनि यति समयभित्रै मुद्दा टुंग्याउनुपर्ने भन्ने बाध्यकारी कानुन नभएको उनको भनाई छ । ‘सामान्यतया मुद्दा चलेको एक वर्षभित्र सकाउनुपर्छ भन्ने हो । तर, यही नै भनेर कतै छैन’, उनले भनेका छन् । प्रहरीले पलविरुद्ध प्राविधिक प्रमाण पनि जुटाएको थियो । पललाई दोषी सावित गर्न प्रमाण पर्याप्त रहेको प्रहरी अधिकारीहरूको दाबी छ ।

१७ वर्षीया किशोरीका बुवाले म्युजिक भिडियो छायांकनका क्रममा पलले बलात्कार गरेको आरोप लगाउँदै गएको फागुन ११ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दिएका थिए । जाहेरी दर्तापछि पल फागुन १५ मा आफैँ प्रहरीको सम्पर्कमा पुगेका थिए । फागुन १६ मा फेरि पूर्वी नवलपरासीस्थित इलाका प्रहरी कार्यालय गैँडाकोटमा पीडित भनिएकी किशोरीले आफूमाथि पलले बलात्कार गरेको भन्दै उजुरी दिएकी थिइन् । पलविरुद्धको उजुरीपछि सात दिन, १२, चार र पाँच दिन म्याद थपेर अनुसन्धान गरिएको थियो ।

गएको चैत ८ गते उनीविरुद्ध सरकारी वकिलको कार्यालयले जिल्ला अदालत तनहुँमा अभियोगपत्र दर्ता गराएको थियो । चैत १० मा जिल्ला अदालतले पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । बलात्कार गरेको आरोप लगाउँदै अदालत गएकी किशोरीले अदालतमा बयान फेरेकी थिइन् । तनहुँ जिल्ला अदालतमा बकपत्रका क्रममा उनले आफूमाथि बलात्कार नभएको बयान दिएकी थिइन् ।

प्रतिक्रिया सबै